१३ बर्ष पछि पाकिस्तानी बिदेश मन्त्री बंगलादेश जाँदै

इस्लामबाद । बंगलादेश र पाकिस्तानबीचको सम्बन्धको बदलिँदो तस्विर देखिन सुरू गरेको छ । शेख हसिनाको शाषन पतन भएको केही समय पछि यो समाचार बाहिरिएको छ कि १३ वर्ष पछि पाकिस्तानका विदेशमन्त्री बंगलादेश भ्रमणमा जान तयारीमा जुटेका छन । बंगलादेशमा लामो समयसम्म शेख हसिनाको शासन थियो, शेख हसिनाले पाकिस्तानबाट सन् १९७१ को स्वतन्त्रताका बेला भएका अत्याचारका लागि सार्वजनिक माफी माग्न बारम्बार आह्वान गरेकी थिइन तर पाकिस्तानले यो माग कहिल्यै पूरा गरिदिएन् ।

 

बरु उनको शाषन पतन भए दुइ देशका बिचमा राजनीतिक तस्विर क्रमशः फेरिन थालेको छ, सोही क्रममा पाकिस्तानका बिदेश मन्त्री बंगलादेश जान लागेका हुन् । पाकिस्तान र बंगलादेशले एकअर्कातर्फ मित्रताको हात बढाइरहेका छन् । पाकिस्तानका विदेशमन्त्री इशाक दारले बंगलादेश पाकिस्तानको भाइ भएको र अर्को महिनाको उनले ढाका भ्रमण ‘महत्वपूर्ण’ हुने बताएका छन् । यसअघि सन् २०१२ मा पाकिस्तानका विदेशमन्त्रीले बंगलादेशको भ्रमण गरेका थिए ।

पाकिस्तानका विदेशमन्त्री इशाक दार अर्को महिना बंगलादेशको भ्रमणमा जाने भए पछि छलफलको अजेन्डा तय गर्ने काम भइरहेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले डी–८ शिखर सम्मेलनमा पाकिस्तानका विदेशमन्त्रीलाई पाकिस्तान भ्रमणको निम्तो दिएका थिए । जसका कारण उनी १३ वर्षपछि देश भ्रमणमा जान  लागेका हुन् ।  बंगलादेश भ्रमणको सन्दर्भमा इशाक डारले यस भ्रमणमा खेलकुद र दुवै देशको अर्थतन्त्रमा सहकार्यका लागि काम गर्ने बताइसकेका छन । यी मुद्दाहरूमा चीजहरू द्रुत रूपमा अगाडि बढिरहेका छन्।

 

डिसेम्बर १९ मा इजिप्टमा आयोजित डी ८ सम्मेलनको छेउमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसबीच भेटवार्ता भएको थियो। यस क्रममा दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन सहमत जनाएका थिए ।  उनीहरुको भेटले नयाँ कूटनीतिक छलफललाई पनि जन्म दिएको छ, जसको परिणाम बंगलादेशमा पाकिस्तानी बिदेश मन्त्रीको भ्रमण उदाहरणको रूपमा हेर्न सकिन्छ ।

 

शिखर सम्मेलनताका युनुसले पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफलाई बंगलादेशलाई पाकिस्तानसँगको सम्बन्धलाई अगाडि बढाउन मद्दत गर्न १९७१ को समस्या समाधान गर्न आग्रह गरेका थिए। युनूसले पाकिस्तानी प्रधानमन्त्रीलाई भनेका थिए, ‘बारम्बार मुद्दाहरू आइरहेका छन्, ती मुद्दाहरूलाई समाधान गरेर अगाडि बढौं,’ युनुसको प्रस्ताव थियो ।

सन् १९७४ मा बंगलादेश, पाकिस्तान र भारतबीच भएको त्रिपक्षीय सम्झौताबाट कुराहरू समाधान भएको तर अन्य विचाराधीन मुद्दाहरू छन् भने त्यस बिषय समाधान भएमा आफू खुसी हुने कुरा शाहबाज शरीफले जवाफमा भनेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन । एकातिर पाकिस्तानका विदेश मन्त्री १३ वर्षपछि बंगलादेश भ्रमणमा जान लागेका छन् भने दुवै देशका शीर्ष नेताबीच द्विपक्षीय वार्ता र सम्बन्धबारे छलफल भइरहेको छ ।

 

उता, पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारको पालामा यी सम्बन्धहरू त्यस्तो थिएनन्। शेख हसिनाले सन् २००८ देखि अगस्ट २०२४ सम्म प्रधानमन्त्रीको पद सम्हालेकी थिइन । शेख हसिनाको शासनकालमा पाकिस्तान र बंगलादेशबीचको सम्बन्धमा तनावग्रस्त थियो तर गत अगस्टमा देशमा भएको कू पछि राजनीतिक तस्विर फेरिएको छ । अहिले पाकिस्तान र बंगलादेश बिचकोसम्बन्धलाई फेरि सुमधुर बनाउने प्रयास दुवै देशबाट भइरहेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो ।   “कोदो,...

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ,  चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।   चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो ।  यसका...

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज (पर्सा), वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर, भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा...

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ),  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९