१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी

काठमाडौँ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ ।

 

यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी छन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रुपमा छन् । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीलगायतले महोत्सव उद्घाटन गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामो प्रयासपछि राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको बताए । उनले धुलिखेलमा इन्डोर चलचित्र छायांकन स्टुडियोको लागि जग्गा प्राप्त हुुनुका साथै निर्माण बोलपत्र आह्वान गरिएको पनि जानकारी गराए ।  महोत्सवलाई सफताको शुभकामना दिँदै अध्यक्ष डिसीले यस्ता अन्तराष्ट्रिय चलचित्र महोत्सवले चलचित्र संस्कृति निर्माणका साथै चलचित्रको प्रवर्धनमा ठुलो मद्धत पुग्ने गरेको भनाई कार्यक्रममा राखे ।

 

नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले १४ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सव अफ्रिकासँगै विश्वका चलचित्रलाई एकै ठाउँमा ल्याएर चलचित्र संस्कृति आदन प्रदानमा मद्धत गर्दै आएको बताए । यस्ता महोत्सवले चलचित्र पर्यटन प्रवर्धनमा मद्धत पुग्ने विश्वास उनले ब्यक्त गरे ।

 

महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले अफ्रिकासँग नेपाललाई चलचित्रबाट जोड्न १४ वर्ष अघिबाट नेपाल अफ्रिका चलचित्र महोत्सव नेपालमा नियमित रुपमा आयोजना गर्दै आएको बताईन् । यो वर्षबाट अफ्रिकाको सँगै अन्य देशका अन्तराष्ट्रिय चलचित्र समेत महोत्सवमा समावेश गरिएको उनले जानकारी गराईन् ।

 

महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सव गर्न निकै यहाँ कठिन हुने गरे पनि चलचित्र विकास बोर्डको केही सहयोगले महोत्सव गर्न थोरै सहज भएको बताए । यसपटक महोत्सवमा भारत, बंगलादेशलगायतका मुलुकका चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी गराए ।

 

महोत्सवका उद्घाटन समारोहमा गायक डेभिड शंकर, नेपाल प्रहरीमा अढाई दशकदेखि टेली चलचित्र निर्देशक, लेखक, कलाकारका रुपमा सेवारत बरिष्ठ प्रहरी नायव निरिक्षक सन्तोष लामा, गायकहरु सुरज पौडेल र सुवास महतलाई सम्मानित गरियो ।

 

महोत्सव उद्घाटन चलचित्रको रुपमा रौनक बिक्रम कँडेल निर्देशित एवम् सिनेमा आर्टस्द्धारा निर्मित चलचित्र द रेड र मोरक्कोको मोहम्मद डबानी निर्देशित अफ्रिकन चलचित्र जैद प्रदर्शन गरियो थियो । महोत्सवमा शनिबार पहिलो दिन चलचित्र छक्का पञ्जा ५, ऐँचो पैँचोसहित एक दर्जन लामा छोटा चलचित्र प्रदर्शन गरियो ।

 

महोत्सवको अन्तराष्ट्रिय तर्फ १६ देशका १९ चलचित्र छन् । अन्तराष्ट्रिय विधाको निर्णायकमा दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक क्याथेरिन सोफियानोस, भारतबाट चलचित्र निर्देशक अंकित बाघ्छी, बँगलादेशबाट चलचित्र निर्देशक  साहदत रुसेल र नेपालबाट चलचित्र निर्माता निर्देशक एवम् अभिनेत्री रोशनी केसी, छन् ।

 

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र छन् । जसमा ७ वटा फिचर चलचित्र छन् । नेपाली कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे छन् ।

 

यस्तै नेपालकै २३ वटा लघु चलचित्र, भाषाभाषी चलचित्र, बृत्तचित्र र विधार्थी चलचित्र यो महोत्सवमा सहभागी छन् । लघु चलचित्र, सांगीतिक लघु चलचित्र एवम् बृत्तचित्रको निर्णायकमा अभिनेता सागर लम्साल क्षत्री, दृष्य सम्पादक रविन विक, गायक रुद्रशेखर शर्मा र गायिका सुजाता केसी छन् । निर्णायकहरुले चलचित्र चयन देखि पुरस्कृत चलचित्र एवम् कलाकार प्राविधिकको चयन गर्नेछन् ।

 

महोत्सवमा यस पटक अन्तराष्ट्रिय तर्फ अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ, क्यामरुनबाट टाटा फिडेलिस निर्देशित जेस्पर पनि रहेका छन् ।

 

अन्तर्राष्ट्रिय समूह तर्फ संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर, डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित बृत्तचित्र लोनी ट्युन्स रहेको छ । यस्तै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ । अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड रहेको छ ।

 

महोत्सवमा शनिबार चलचित्र इफेक्ट मेकअपको एक दिवसीय कार्यशाला आयोजना गरिँदैछ । माधव प्रसाद पाण्डे (सरोज)ले ग्लार मेकअप, जलेको मुहार मेकअप, बुढयौली मेकअप, मोटो मुहारलाई दुब्लो बनाउने मेकअप सिकाउँदैछन् । विना रानामगरले हरर फेस मेकअप, सुजन तिमिल्सिनाले मुहार पेन्टिङ (माक्स मेकअप) र महोत्सव सह निर्देशक सरिता भारतीले विभिन्न अबस्थाको घाउ चोटको मेकअप सिकाउँदैछन् । जसमा दुई दर्जन भन्दा बढी मेकअप आर्टिष्ट सहभागी छन् । महोत्सवमा शनिबार पनि दिनभरी करिब डेढ दर्जन नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९