उसले मलाई भन्थ्यो – कान्छी बुढी!

उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें।

– कुसुम थापा

कथा : 

प्रेम शब्द निकै अनौठो रहेछ। कहिले नसोचेको, कहिले नदेखेको मान्छे पनि आफ्नो प्राणभन्दा प्यारो हुने रै’छ। कति मान्छे त्यही प्रेममा परेर मरेका छन्, कोही प्रेम पाउन दिनरात मन्त्र जप्छन्। कोही प्रेम पाएर पागल हुन्छन्, कोही प्रेम नपाएर पागल हुन्छन्। म प्रेममा डुबेर पागल भएँ।

 

खै! कसरी परें म प्रेममा? पहिलो नजर, पहिलो भेटमै प्रेम? अचम्म लाग्छ आज आफूले आफैंलाई देखेर। ऊ मेरो पहिलो प्रेम त हैन तर आजको दिनसम्म मैले उसलाई भुल्न पनि सकेको छैन। यति यादगार र न्यानो छ कि, जब राति सुत्ने बेला म आँखा चिम्लन्छु, उसको मुहार मेरो आँखा अघि झलल आउँछ। त्यो दिन, त्यो समय अनि उसको त्यो मुहार सम्झँदा एक मन खुसी, एक मन रुन मन लाग्छ।  वास्तवमा, उसको र मेरो भेट सामान्य थियो। मैले उसलाई प्रहरीको तालिममा भेटेको हो। पहिलो भेटमै म ऊ प्रति आकर्षित भएकी थिएँ। उसले पनि म प्रति माया देखाउँथ्यो। छोटो समयमै उसमा म पूर्ण रुपमा डुबिसकेकी थिएँ। उसले पनि मलाई आफ्नो मान्छेझैं हक जमाउँथ्यो, यसैमा म खुसी थिएँ।

 

दिन बित्यो, रात बित्यो बल्ल त्यो दिन आयो, जुन दिन उसले मलाई पूर्ण रुपमा आफ्नो बनाउनका लागि प्रेम प्रस्ताव राख्यो। म खुसीले गद्गद् भएँ, मेरो खुसीको सीमा नै रहेन। कति दिनको लामो पर्खाइपछि आज बल्ल मन शान्ति भयो। दोहोरो कुरा केही नसोची मैले उनको प्रेम प्रस्ताव स्वीकार गरें। मायाले बाँधेको हाम्रो सम्बन्ध निकै स्वस्थ रुपमा अघि बढ्यो। उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें। हाम्रो प्रेमको चर्चा पूरै चौकी साथीभाइमा थियो। साथीसँग कुरा गर्दा पनि उसको नाम आएमा मेरो मुहार निकै उज्यालो र हर्षित देखिन्थ्यो।

 

यसरी नै हाम्रो प्रेम सम्बन्ध सुरू भएको दुई महिना भयो र हाम्रो तालिम सकिएर आ-आफ्ना घरमा फर्किसकेका थियौं। अब उसको र मेरो भेट कम हुन थाल्यो र कुराकानी म्यासेजमै सीमित रह्यो। जतिसुकै झगडा भए तापनि म ऊ सँग खुसी थिएँ र ऊ पनि। तर. त्यो खुसी धेरै सम्म रहेन।

 

एक बिहान अचानक उसले मलाई केही म्यासेज गरेन। मैले गरेको म्यासेज, कलको पनि केही जवाफ आएन। लगातार सम्पर्क गर्न खोज्दा पनि केही सिप लागेन। बल्लतल्ल उठेको फोनबाट पनि रुखो स्वरमा बिरामी छु, सुत्छु भनी फोन काटियो। त्यही कुराले मनमा चिसो झस्को पस्यो। त्यो दिन मेरो मन निकै निराश थियो। दिउँसोभरि उसको कुरा मेरो मनमा खेलिरहेको थियो। करिब ५ बजेतिर उनको मलाई कल आयो र भेट्नको लागि बोलायो। म केही नसोची उनलाई भेट्न गएँ। उसले दोहोर्‍याएर कुरा केही गरेन। मैले नि उसलाई केही प्रश्न गरिनँ। हामी चिया खान चिया घर गयौं। त्यहाँ बस्दा पनि उसले कुराहरू केही नभनी चुपचाप बस्यो। केही समयपछि उसले मलाई घरभन्दा अलि तलतिर पुर्‍याइदियो। म आफ्नो घर गएँ र ऊ आफ्नो घरतर्फ लाग्यो।

 

घर पुग्दा मलाई एक युवतीको म्यासेज आएको रहेछ। ब्लक पनि गरेको रहेछ। अरू समयमा त यस्तो म्यासेजको खासै मतलब लाग्दैन थियो। तर, त्यहाँ मेरो प्रेमको नाम रहेकाले मनमा नानाथरीको प्रश्नहरू आउन थाल्यो। मैले मेरो साथीलाई त्यस्ती युवतीले यसरी म्यासेज गरेको रहेछ भनेर भनें र उसले आफ्नै प्रोफाइलबाट उक्त महिलालाई म्यासेज गर्न लगायो। त्यसपछि मेरो साथीको म्यासेजको कुरी बस्न थालें।

केही समयपछि मलाई मेरो साथीले म्यासेज पठाए – उक्त म्यासेज हेरेपछि म अक्कबक्क भएँ। मन चिसो भयो। आँखाबाट बरर… आँसुको थोपा खस्यो। जसलाई मैले आफूभन्दा बेसी माया गरें, जोसँग मैले आफ्नो भविष्य साचेको थिएँ। ऊ त पहिले नै विवाहित रहेछ।  अघि म्यासेज गर्ने युवती उसको श्रीमती रहिछन्, जसको पेटमा पाँच महिनाको बच्चा पनि थियो। त्यस्तो म्यासेज देख्नासाथ मैले आँखा चिम्म गरें। त्यसैत्यसै निस्सासिएर सास फेर्न गाह्रो भयो। मन भारी भयो।

 

तर. भर्खरै म उसलाई भेटेर मात्र घर भित्र पसेकी थिएँ, फेरि उसलाई भेट्न मन लाग्यो। त्यो कुरा मैले एक प्रतिशत पनि पत्याउन सकिरहेकी थिइनँ। उसको मुहारलाई सम्झँदा आफूलाई डर लागेर आउन थाल्यो। त्यो रात उसले एकपल्ट पनि सम्पर्क गरेन। मलाई पनि उसलाई कल गर्न आँट आएन। मनमा अनेक कुराहरू अलमल्ल परिरहेको थियो। त्यो रात पछि उनले मलाई ३-४ दिनसम्म एकचोटि पनि कल गरेन।

 

केही दिनपछि उनले मलाई फेरि भेट्न बोलायो र हामी भागी जाऔं भन्न थाल्यो। एउटा गर्भवती श्रीमतीलाई छाडेर कसरी जाने सोचेको होला, अझै थाहा छैन। ज्यान सिरिङ्ग भएर आउँछ। तर, त्यसबेला मेरो आँखा बन्द भएको थियो। मनमा दोहोरो कुरा चलिरहेको थियो। मनमनै सोच्थें- यदि उनीहरू खुसी छैनन् भने उनीहरू छुटेको राम्रो लाग्थ्यो। यदि ऊ मलाई लिन आयो भने जान्छु भनी बसें। उसले मलाई बेला-बेला म्यासेज गर्थ्यो। मुखले ‘तँ सँग जान सक्दिनँ’ भने तापनि मन भने ऊ तिरै थियो।

 

निकै लामो समयपछि अचानक एक दिन फेरि उसको र मेरो भेट भयो, जुन हामीले योजना गरेर भेट भएको थिएन। उसले मलाई घुम्न जाम भन्यो र हामी नालागुम्बा गुम्न गयौं। त्यहाँ घुम्दा मैले आफ्नो दुःख र उसले दिएको धोकाबारे भने। उसले मेरो कुरा सुनेर अँध्यारो अनुहार बनाउँदै पहिला नै मैले तिमीलाई भेटेको भए आज यस्तो हुने थिएन भन्यो। अहिले पनि म तिमीलाई त्यति नै माया गर्छु, जाम न म सँग भन्यो। त्यो कुरा सुनेपछि मलाई फेरि ऊप्रति झन् माया लागेर आयो।

 

तर, मैले ऊ सँग जाने हिम्मत गर्न सकिनँ। दिउँसोको ४ बजेतिर उसले मलाई मेरो घरसम्म पुर्‍याइदियो र ऊ फर्कियो। म त्यही मान्छेसँग घर आएको दिदीले देखेकी रहिछ। दिदीले मलाई घर छिर्नेवित्तिकै गालामा एक झापड हानी र बेस्सरी गाली गरी। ‘अब उप्रान्त ऊ सँग भेटेको, बोलेको थाहा पाएमा बाबालाई भन्दिन्छु’ भन्दै मलाई राम्ररी सम्झाई बुझाई गरी। मैले पनि त्यो कुरालाई धेरै सोचेँ। आफ्नो गर्भवती श्रीमतीलाई छाडेर जान सक्ने मान्छेले मलाई छोड्न पनि के बेर लगाउँछ होला र भन्नेजस्तो लाग्यो। मनभरि उसको लागि रहेको त्यो माया मैले त्यहीँ त्याग गरिदिएँ। त्यसपछि हाम्रो बोलचाल र भेटघाट कहिल्यै भएन। आज पनि जब म विगतका दिनहरूलाई सम्झन्छु, मेरो आँखा पूर्ण रूपमा भरिएर आउँछ।

थप सम्पर्क गर्न आवश्यक परेमा ९८६०४०६४६२

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९