Baigyanik Media

Advertisement

Skip Ad

सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन

लस एन्जलस । हलिउड स्टार किम कार्दशियन आफ्नो ग्लैमरस लाइफस्टाइल र रियालिटी शोका लागि चर्चित छिन् तर यसपटक भने उनी गम्भीर कानुनी मुद्दामा फसेकी छिन् । सामाजिक सञ्जालमा न्यायका लागि आवाज उठाउने किमले एउटा यस्तो ठूलो गल्ती गरिन् कि जसका कारण एक निर्दोष व्यक्तिले ठूलो मानसिक तनाव झेल्नु परेको थियो ।  खासमा उनले गल्तीले न्यूयोर्कका एक व्यक्तिको फोटो साझा गरेकी थिइन र भनेकी थिइन, ‘यीनै हुन मृत्युदण्डका लागि योग्य अपराधी ।’ तर, जस्को तस्विर हालेकी थिइन, ती ब्यक्ति भने थिएनन, नाम मात्रै मिल्दोजुल्दो थियो । तर, कार्दशियनको यो सानो गल्तीले पीडितको व्यक्तिगत जीवनमा ठुलै र नराम्रो असर परेको छ, जसकाकारण तीनले किम विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन ।

 

हलिउड स्टार तथा सामाजिक सञ्जाल व्यक्तित्व किम कार्दशियन विरुद्ध मानहानीको मुद्दा दायर भएको छ । यो मुद्दा तब सुरु भयो, जब उनले गल्तिले न्यूयोर्कको एक व्यक्तिको फोटो साझा गरिन र उनलाई टेक्सासमा ‘दोहोरो हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएका कैदी घोषित गरिदिइन। यो त्यही इवान ए. कांटु हो ्भन्दै’  पोस्ट गरिदिइन ।

 

जसका कारण कान्टुले गम्भीर मानसिक तनाव र सामाजिक अपमान सहनु परेको थियो । घटनाले आफ्नो व्यक्तिगत जीवनमा नराम्ररी असर गरेको दाबी गर्दै क्यान्टुले लस एन्जलसमा मुद्दा दायर गरेका छन् ।वास्तविक अपराधी इभान क्यान्टुलाई फेब्रुअरी २८, २०२४ मा घातक सुई लगाएर मृत्युदण्ड दिइएको थियो भने किमले हालेको तस्विर चाँही न्यूयोर्क निवासी इभान ए भने अझै पनि जीवितै रहेका छन् । इभ्यान ए क्यान्टुका वकिल ग्रेग सोबोका अनुसार जब किम कार्दशियनले उनको तस्विर राखेर पोस्ट गरे तव उनका ‘क्लाइन्ट’ भने परिवारमा ठूलो त्रासदीबाट गुज्रिन पुग्यो । किमको गल्तीका कारण उनको व्यक्तिगत जीवन समाप्त भयो र उनलाई ठूलो झटका लाग्यो, जसको असर सधैंभरि रहनेछ, उनले भने ।

 

वकिलले सामाजिक सञ्जाल एउटा सशक्त माध्यम हो, जसलाई राम्रा कामका लागि प्रयोग गर्न सकिन्छ तर यसको दुरुपयोग हुँदा कसैलाई दुःख र पीडा भएको ताए । लाखौं मानिसमा गलत सूचना पुग्दा समाजमा आफ्नो छवि धमिलो भएको र मानसिक तनावको सामना गर्नुपरेको क्यान्टुले बताएका छन ।

 

यस विषयमा प्रतिक्रिया दिँदै किम कार्दशियनका वकिल माइकल रोड्सले यो सामान्य गल्ती भएको र उनले कसैलाई हानि पुर्याउने उद्देश्य नरहेको बताएका छ छन् । उनले किम न्याय प्रणालीमा सुधारका लागि प्रतिबद्ध रहेको र त्यसका लागि मात्रै यो पोस्ट गरेको तर तस्विर भने झुक्किएको जनाएका छन ।

 

तर, गलत व्यक्तिको तस्बिर प्रयोग गर्दा यो विवाद उत्पन्न भएको हो । विगत केही वर्षदेखि किम कार्दशियनले जेल सुधारका लागि आवाज उठाइरहेकी छिन् र धेरै कैदीहरूलाई न्याय दिलाउन आवाज उठाइ रहेकी छिन्। यसअघि उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर अहिंसात्मक लागूऔषध मुद्दामा दोषी ठहर भएका एलिस मारी जोन्सनको आजीवन कारावासको सजाय माफी दिन सहयोग गरेका थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९