Baigyanik Media

Advertisement

Skip Ad

३१ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो ।महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् ।

 

 

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो ।यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मोदरले, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र जायदले पायो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बंगलादेशको चलचित्र सौदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेनसन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन्सले र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु बृत्तचित्र द टेम्पल अफ इटर्नल साउन्डले जित्यो । अन्तर्राष्ट्रिय विधा तर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बँगलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता निर्देशक अभिनेत्री रोशनी केसी रहेका थिए ।

 

 

 

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागी मध्य ७ वटा कथानक चलचित्र थिए । जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड छक्का पन्जा ५ ले, यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए । सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शंकर घिमिरेले हासिल गरे भने तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् । चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीबाट ऋषिराज आचार्यले, तर्फ जुरी अवार्ड द्रौपदीबाटै अभिनेत्री अश्विनी शाहीले, उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले र ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हाँसिल गरे ।

 

 

नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले पाइन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसको खुला आकाश गीतबाट संगीतकार हर्कुलेस बस्नेतले प्राप्त गरे । कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे थिए ।यस्तै राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड द ट्री म्यानबाट सन्तोष सुवेदीले, लघु चलचित्र तर्फनै उत्कृष्ट अभिनयको अवार्ड नो स्मोकिङ प्लिजबाट कृपा प्याकुरेलले, र स्पेसल मेन्सन अवार्ड नो स्मोकिङ प्लिजबाटै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे ।

 

 

म्युजिकल लघु चलचित्र र निर्देशकको अवार्ड गीति चलचित्र तिमि आँसु रहेछौ बाट सोनम पाख्रिनले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड भुल्नै गारो भो बाट सनम कठायतले, सांगीतिक लघु चलचित्रमै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि यही गीतबाट पवित्र शाँकी (मिस पबी)ले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्ड संगै जुनी काटम्लाबाट  हेमन्त शिशिरले र सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड थिंक अबाउट युबाट रविता मगरले हासिल गरिन् ।

 

 

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकको अवार्ड डिजाईन्ड टु डिसापेयरबाट शिव पुरीले हासिल गरे । डिजाईन्ड टु डिसापेयरबाटै शिव पुरीले सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि चुमे । राष्ट्रिय आदिबासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित चलचित्र के २ ले, लघु विधार्थी चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन अभिलाषीले पाए । यो समूहको निर्णायकमा अभिनेता मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए । यस्तै यो वर्षको चलचित्र पत्रकार पुरस्कार लेन्स नेपालका पत्रकार विष्णु प्रसाद सुवेदीले प्राप्त गरे ।

 

 

 

संस्कृति मन्त्रीसहित सो समारोहका अतिथिहरू श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्धय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जेआईजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पटलगायतले अवार्ड वितेज चलचित्रकर्मीलाई विशेष सम्मान गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९