मन्त्रीको क्रसरबाट निस्केका टिपरले फतुवा-विजयपुरमा मच्चाए आतंक, स्थानीयले गुहारे प्रहरी

रौतहट – रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत क्रसर उद्योगीको चलेको टिपर आतंकविरूद्ध स्थानीय जुटेका छन्। उनीहरूले टिपर आतंह रोक्न प्रदेश सरकारदेखि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।नगरक्षेत्र अन्तर्गत सञ्चालनमा रहेको तीन वटा क्रसर उद्योगबाट निस्किने दर्जनौं टिपरले आतंक मच्चाएको भन्दै शिवपुजन यादवको नेतृत्वमा स्थानीयले इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीलाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन्।

 

स्थानीय प्रहरी कार्यालयमा बुझाइएको ज्ञापन पत्र इमेलमार्फत् मधेश प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको स्थानीय यादवले जानकारी दिए। फतुवा विजयपुर-८ बंकुल हिमालिवास रोडमा महालक्ष्मी सैंड वासिङ उद्योग, सोही ठाउँमा सुमुख क्रसर एण्ड वासिङ उद्योग, वडा १०-स्थित माँ कंकाली क्रसर एण्ड वासिङ गरी तीन वटा क्रसर उद्योग सञ्चालनमा छन्।

 

जंगलछेउका गाउँ राङ्गी, बुटावा, भैंसही र हिमालिबास गाउँनजिकै लाखौं टिपर नदीजन्य सामग्री उद्योगहरूले भण्डारण गरी राखेका छन्। दैनिक बिहान ३ बजेदेखि सोही भण्डारण र लालबकैया नदीबाट चोरीलुकी ३० वटा टिपरमा मिक्स ग्रेभल ओभरलोड गरी तीब्र गतिमा राति ९ बजेसम्म तीन वटै उद्योगमा ढुवानी गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

‘यसरी ६ वर्षदेखि उद्योगीहरूले मिक्स ग्राभल ढुवानी गर्दै आएको सर्वविदितै छ। वडा-११ सहिद चौक बजार हुँदै उद्योगसम्म दैनिक अनियन्त्रित रूपमा कुदिरहेको ओभरलोड टिपरको भारले मुख्य सडकको कैयौं स्थानको कालोपत्रे ग्राभलमा परिणत भएको छ। तीब्र गतिमा हिँड्ने टिपरले बाटोमा उडाएर अँध्यारो बनाउने गरेको कारण अन्य सवारी साधन चलाउने तथा पैदल यात्रीमा दुर्घटनाको ठूलो जोखिम बढेको छ,’ ज्ञापन पत्रमा भनिएको छ धुलो उडेर पसल तथा घरमा राखिएको खानेकुरा धुलाम्य हुने, धुलोले बाटोमा हिँड्ने अवस्था नरहेको, धुलोको कारण कतिपय मानिसमा स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको स्थानीयले बताए।

 

त्यस्तै मिक्स ग्रेभल भण्डारण स्थलदेखि उद्योगसम्म जाने बाटोमा रहेका सात वटा सामुदायिक विद्यालयका चार हजार बालबालिका दुर्घटनाको जोखिममा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। त्यति मात्र नभई अनियन्त्रित टिपरले चर्को आवाजले हर्न बजाउँदा ती विद्यार्थीको पठन-पाठनमा समेत असर पारिरहेको छ। मधेस प्रदेश सरकारले नदीजन्य पदार्थ संकलन र उपभोगका लागि  कार्यविधि २०७५ बनाएको छ।

 

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ढुवानी गर्ने र सो अवधिमा सडकमा दैनिक पानी लगाउनुपर्ने, धुलो नउडाई टिपरमा ओभरलोड नगर्ने, बजार स्कुल र गाउँ क्षेत्रभित्र १५ देखि २० को गतिमा हर्न नबजाई ढुवानी गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। तर उद्योगीहरूले कार्यविधिको कुनै वास्ता नगरी विपरीत गर्दै टिपर आतंक सिर्जना गरेको स्थानीयको भनाइ छ। केही समयअघि तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर-९ का ५५ वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

 

त्यस्तै, गत ५ गते एउटा तीव्र गतिमा रहेको ओभरलोड टिपरको टायर विजयपुर बजार क्षेत्रमै पड्किँदा गिट्टी-ढुङ्गा उछिट्टिएर ६ जना घाइते बनाएको ज्ञापन पत्रमा भनिएको छ। तथापि, प्रदेश सरकारको कार्यविधि अनुसार टिपर सञ्चालन सहज बनाउन ज्ञापन पत्रमार्फत् माग गरिएको छ। ‘चार दिनभित्र माग पूरा नभएमा टिपरको ढुवानी सेवा बन्द गरी बाध्य भएर सडक आन्दोलनमा उत्रने छौं र केही अप्रिय भएमा त्यसको जिम्मा नियमनकारी निकायले लिनुपर्ने छ,’ ज्ञापन पत्रमा भनिएको छ।

 

यादवको नेतृत्वमा रामउद्धार साह, राजनारायण साह, प्रेम शंकर साह, रामस्वार्थ महतो, नरेन्द्र साह, राजकुमार साह, सहिन्द्र साह, रामनारायण साह, जगरुल महमद, सरयुग साह, उपेन्द्र यादव, जोगी राय यादव लगायत दुई दर्जन भन्दाबढी मानिस इलाका प्रहरी कार्यालय विजयपुर पुगेका थिए। फतुवा विजयपुरस्थित सञ्चालन रहेका तीनमध्ये एउटा क्रसर वर्तमान प्रदेश सरकारका मन्त्रीको, अर्को उद्योग उनको आफन्तको रहेको र तेस्रो एक जना माओवादी पार्टीका नेताको रहेको कारण लामो समय देखि मनपरी गर्दै आएको दाबी गाउँलेले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९