वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

वीरगन्ज –वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात )लकवा)को उपचार सुरू भएको छ।अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको स्पष्ट पारे।

 

 

यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार वीरगन्जमा नभएको बताउँदै चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम भएको उनको भनाइ छ।थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रविधि हो, जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको डल्लो (मस्तिष्कमा जमेको रगत) हटाउन अथवा पगाल्न औषधी प्रयोग गरिन्छ।थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि अति नै प्रभावकारी मानिन्छ। मस्तिष्कमा रगत पुर्‍याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको उनले बताएका छन्।

 

 

प्रसादले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको साढे चार घण्टाभित्र अस्पताल पुग्नुपर्ने बताएका छन्। स्ट्रोकका लक्षणहरू जस्तै अचानक कमजोरी, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिनेजस्तो लक्षण देखिएमा तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरेका छन्।अन्य प्रविधिबाट उपचारको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो भएकाले उनले बताए। ‘हामीले उन्नत उपचारलाई सिंगो प्रदेशका बिरामीका लागि सस्तो र पहुँचयोग्य बनाउन खोजेका छौं,’ डाक्टर प्रसादले भने।

 

 

उनले थ्रोम्बोलाइसिस प्रक्रियाबारे विस्तृत जानकारी दिँदै उपचारमा रगतको डल्लो हटाउने,पगाल्ने औषधी अल्टेप्लेस वा अन्य विकल्पहरू बिरामीको रगतमा इन्जेक्सनमार्फत दिइने बताए। थ्रोम्बोलाइसिस प्रक्रियाबाट बिरामीको उपचार गर्नुपूर्व विभिन्न जाँचहरू आवश्यक रहेको समेत जानकारी दिए।उनले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गर्दै यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताएका थिए।

 

 

साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधी खाइरहेका बिरामीहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले बताए। ‘बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने।थ्रोम्बोलाइसिस प्रविधिबाट उपचार नेपाल सरकारबाट स्वीकृत भएको र विश्वव स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको उनले जानकारी गराएका थिए। बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधीहरूको विकल्प पनि रहेको उनले उल्लेख गरेका थिए।

 

 

वीरगन्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ। इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौं अथवा भारतका ठूला सहर जानुपर्ने बाध्यता अन्त्य भएको प्रसादले दाबी गरेका थिए।तीन जना बिरामीको सफल उपचारबाट सुरुवात भएको बताउँदैअस्पतालको क्षमता विस्तार र थप कर्मचारीलाई तालिम दिने प्रसादले प्रतिबद्धता व्यक्त गरे। स्ट्रोक उपचारलाई अझ सुधार गर्न अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूसँग सहकार्य गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए।

 

 

इस्केमिक स्ट्रोक ( लकवा )के हो?

इस्केमिक स्ट्रोक एक प्रकारको पक्षाघात/लकवा। मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध भएर इस्केमिक स्ट्रोक हुन्छ। यो प्रायः रक्त नलीमा रगतको डल्लो बनेर वा कुनै अवरोधले गर्दा उत्पन्न हुन्छ, जसले मस्तिष्कको कुनै भागमा अक्सिजन र पोषण पुग्नबाट रोक्छ।अक्सिजनको कमीले मस्तिष्कका कोशिकाहरू छिट्टै मर्न थाल्छन्, जसले समयमै उपचार नभएमा स्थायी क्षति वा मृत्युसम्म निम्त्याउन सक्छ।

 

 

इस्केमिक स्ट्रोकका मुख्य कारणहरूमा मस्तिष्कको रक्त नलीमा डल्लो बन्नु (थ्रोम्बोसिस), शरीरको अन्य भागबाट डल्लो मस्तिष्कमा पुग्नु (एम्बोलिज्म), वा कोलेस्ट्रोल जमेर रक्त नली साँघुरिनु (एथेरोस्क्लेरोसिस) समावेश छन्।यसका लक्षणहरूमा शरीरको एक भाग कमजोर हुनु वा पक्षाघात, बोल्न र बुझ्न गाह्रो हुनु, दृष्टिमा समस्या, टाउको दुख्नु, चक्कर लाग्नु र हिँड्न कठिनाइ हुन्छ।इस्केमिक स्ट्रोकको उपचारका लागि रगत पातलो बनाउने वा डल्लो हटाउने औषधी वा शल्यक्रियामार्फत् अवरोध हटाउने प्रक्रिया अपनाइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर,  टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम,  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९