Baigyanik Media

Advertisment

SKIP THIS

अखिल (क्रान्तिकारी)को २२ औँ जिल्ला सम्मेलन टीकापुरमा आज हुँदै सम्पूर्ण तयारी पुरा

कैलाली । नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) भातृ संगठन अखिल (क्रान्तिकारी) कैलालीको २२ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । आज भदाै २५ गते देखि सुरु हुने जिल्ला सम्मेलनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा रहेको जनाईएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक सुवास किरण जोशीले बताए । यस्तै सम्पूर्ण वामपन्थी प्रगतिशील,देशभक्त तथा जनक्रान्ति विद्यार्थीहरु एकजुट होऔ शिक्षा क्षेत्रको व्यापारीकरण र दलालीकरणका विरुद्ध हाम्रो आन्दोलन वैज्ञानिक समाजवाद शिक्षा प्राप्तिकालागि भने मूल नारा सहितको विद्यार्थीको हक र हितका लागि समर्पण रहि विद्यार्थी आन्दोलनलाई मूर्त र उपलब्धिमूलक बनाउने पनि सम्मेलनको आशय रहेको उनले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation