वालिङ (स्याङ्जा), भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ । रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो ।
भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलालाई लक्षित गरी तीनमहिने र छमहिने सिलाइकटाइसम्बन्धी सीप सिकाउने गरिएको जिल्ला सैनिक बोर्ड वालिङका सेक्रेटरी नरबहादुर पुनले बताउनुभयो । यहाँबाट सीप सिकेका गृहिणी महिलामध्ये केहीले व्यावसायिक रुपमा सिलाइकटाइ पेसालाई अगाडि बढाएर आम्दानी लिन थालेका छन् ।
जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि तीन÷तीनमहिने र ६÷६ महिने सिलाइकटाइ तालिम तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ । यसपटक सिलाइकटाइमा २० महिला र कम्प्युटर तालिममा ३० बालबालिका तथा विद्यार्थी सहभागी छन् ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































