बर्दगोरियाको महुन्याल माध्यमीक बिद्यालय बासकोटीमा विज्ञान विषय पढाई हुने

बौनियाँ,कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाँउपालिकामा पहिलो पटक बिज्ञान विषय पढाई हुने भएको छ ।

महुन्याल माध्यमीक बिद्यालय बर्दगोरिया गाँउपालिकामा वडा नं. ६ बासकोटीमा रहेको गाँउपालिकाकै सर्वोत्कृष्ट विद्यालय महुन्याल माध्यमीक बिद्यालयमा बिज्ञान विषय पढाई हुने भएको हो ।

 

विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै शैक्षिक बर्ष २०७९ सालदेखि कक्षा ११ मा विज्ञान बिषयको अध्ययन अध्यापन गराउने विद्यालयले जनाएको छ । सोहि विषय अन्तर्गत फिजिक्स, केमेस्ट्रि, बायोलोजी, कम्प्युटर साईन्स वा म्याथ सञ्चालन हुने छन् ।

 

उक्त विद्यालयले प्लस टु मा म्यानेजमेन्ट, कम्प्यूटर साईन्स तथा फाईनान्स प्रविधिक धारमा कम्प्यूटर लगायत विभिन्न बिषयमा गुणस्तरिय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेका छन् । त्यस्तै शिक्षा शंकाय तर्फ मेजर म्याथ, अंग्रेजी, स्वास्थ्य, नेपाली, जनसंख्या तथा वातावरण, एकाउन्ट, इकोनोमिक्स,पपुलेशन, बालविकास, फाइनान्स, इंजीनियरिंग, मार्केटिङ्ग, शिक्षा शास्त्र र मानविकी लगायत विषयमा अध्यापन भईरहेको विद्यालयले जनाएको छ ।

 

प्रविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म चार वर्षको कम्प्यूटर इन्जिनियरिङ विषय पढाई भई रहेको छ ।

 

विद्यार्थी र अभिभावकको आवश्यकता र माग अनुसार अगाडि बढेको महुन्याल माध्यमीक विद्यालयकी प्रधानाध्यापक चन्द्रीका जोशीले बताइन् ।

 

गाउँपालिकामै बिज्ञान विषय पढाइ हुने भएपछि बिद्यार्थीले खुसी व्यक्त गरेका छन् । अब बिज्ञान विषय पढ्नकै लागि काठमान्डौ नेपालगन्ज धनगढी र महेन्द्रनगर जानुपर्ने बाध्यता पनि हटने भएकाे छ । 

प्लस टुमा साइन्स किन पढ्ने ?

अहिले विज्ञान, प्रविधिविना जीवन सम्भव छैन । व्यक्तिको जीवनसँग मात्र होइन, देशको विकासमा पनि साइन्स जोडिएको छ । देशको आर्थिक, सामाजिक, राजनीतिक यी सबै क्षेत्रको विकासमा साइन्सको महत्त्वपूर्ण योगदान छ । हाम्रो जस्तो देशमा त अझ महत्त्वपूर्ण रहेको छ । साइन्सविना विकास सम्भव छैन । साइन्स अहिले सभ्यता भइसकेको छ । 
साइन्स विषय सबैले पढ्नुपर्छ भन्ने छैन । तर, साइन्ससम्बन्धी ज्ञान सबैमा हुनु आवश्यक छ । साइन्स र व्यवस्थापनले एकअर्कालाई सहयोग पुर्‍याएका हुन्छन् । साइन्सको ज्ञानलाई व्यवस्थापन गर्न पनि व्यवस्थापन अध्ययन गरेकालाई सहयोग हुन्छ । साइन्सले हाम्रो जीवनशैलीका धेरै विषयलाई नियन्त्रण गर्छ । आर्थिक, सामाजिक, राजनीतिक, कृषि विकासका साथै मानव सभ्यतामा परिवर्तन गर्न विज्ञान तथा प्रविधिको योगदान बढी हुन्छ । 

त्यसैले पनि एसएलसीपछि सकेसम्म उच्च शिक्षा अध्ययन गर्दा विज्ञान विषय रोज्नु राम्रो हुन्छ । प्लस टुमा साइन्समा फिजिक्स, केमेस्ट्री र बायोलोजी तीनवटा मेजर विषय हुन्छन् । 

फिजिक्स ग्रुपकाले फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स पढ्नुपर्छ । यसमा केही अंश बायोलोजी पनि हुन्छ । त्यसैगरी, बायोलोजी ग्रुप पढ्नेले जुलोजी, बोट्नी केमेस्ट्री र फिजिक्सका विषयहरू पढ्नुपर्छ । यो ग्रुपकाले थोरै भए पनि म्याथम्याटिक्स पढ्नुपर्ने हुन्छ । 

कस्तो छ कोर्स ? 
साइन्समा कक्षा ११ र १२ मा छ/छ सय पूर्णाङ्कको पाठ्यक्रम हुन्छ । विद्यार्थीको रोजाइ तथा छनोटअनुसार म्याथ अतिरिक्त विषय थपसमेत गर्न सकिन्छ । प्लस टुमा दुईवटा स्किम हुन्छ । भोलि के र कस्तो करिअर बनाउने भन्ने फरक स्किमले निर्धारण गर्छ । कक्षा ११ मा कम्प्युटर स्किम रहेको छ । यो स्किममा फिजिक्स, केमेस्ट्री, म्याथ, इंग्लिस र कम्प्युटर साइन्स पढ्नुपर्छ । यी सबै विषय एक सय पूर्णाङ्कका हुन्छन् । यस्ता विद्यार्थी इन्जिनियरिङ अध्ययनमा जान सक्छन् । जनरल साइन्स बिएससी, एमएससी पनि अध्ययन गर्न सक्छन् । कम्प्युटर साइन्स स्किमका विद्यार्थीले कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, म्याथ र इंग्लिस र अनिवार्य नेपाली विषय अध्ययन गर्नुपर्छ ।  त्यसैगरी, अर्को स्किमका विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री बायोलोजी, म्याथ, इंग्लिस नेपाली विषय अध्ययन गर्नुपर्छ । १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र इंग्लिस, नेपाली अनिवार्य छ । यो स्किमका विद्यार्थी भोलि मेडिकल क्षेत्रमा जान सक्छन् । जनरल साइन्स पनि पढ्न सक्छन् । यो स्किमका विद्यार्थीले म्याथ नपढ्न पनि सक्छन् । अतिरिक्त म्याथ लिएमा इन्जिनियरिङतिर जान सक्छन् ।

प्लस टु पछि के बन्ने ?

प्लस टुमा साइन्स अध्ययन गरेपछि माथिल्लो तह र उनीहरूको करिअर फरक क्षेत्रमा हुनसक्छ । फिजिक्स ग्रुपले इन्जिनियरिङ, कम्प्युटर साइन्स, सूचना प्रविधि, म्याथम्याटिक्स, केमिकल इन्जिनियरिङ तथा केमेस्ट्रीका अन्य विधामा जान सक्छन् । फिजिक्सका विधाहरूमा न्युक्लियर साइन्स, जियोलोजिकललगायतका क्षेत्रमा जान सक्छन् । 

बायोलोजी ग्रुपका विद्यार्थी मेडिकल क्षेत्रहरू एमबिबिएस, नर्सिङ, बिडिएसलगायतमा जान सक्छन् । एग्रिकल्चर, भेटनरी, फ्लोरिकल्चर, जेनेटिक इन्जिनियरिङ, बायोडाइभर्सिटी, इन्भाइरोमेन्टल साइन्स, बायोटेक्नोलोजीजस्ता धेरै क्षेत्रमा जान सकिन्छ । 
केमेस्ट्री हाम्रोमा फिजिक्स ग्रुपअन्तर्गत आउँछ । यो दुवैमा आउन सक्छ । माथिल्लो तहमा बायो फिजिक्स इन्टिग्रेटेड फर्ममा आएको हुन्छ ।

एसएलसी उत्तीर्ण भएका विद्यार्थीले साइन्स रोज्नु राम्रो हुन्छ । साइन्स नेपालको आवश्यकता हो । विज्ञान विषय छनोट गरी अध्ययन गर्दा उनीहरूको करिअर पनि राम्रो हुन्छ । प्लस टुमा साइन्स पढेका विद्यार्थी म्यानेजमेन्ट, ह्युमानिटिजजस्ता क्षेत्रमा पनि जान सक्छन् । तर, प्लस टुमा म्यानेजमेन्ट वा ह्युमानिटिज पढेर माथिल्लो तहमा साइन्स पढ्न सकिँदैन । भोलि स्नातक तहमा जुनसुकै क्षेत्रमा जान पनि सकिन्छ । 

कस्ता विद्यार्थीले पढ्ने साइन्स ?
 प्लस टुमा साइन्स पढ्न सम्बन्धित विषयमा रुचि भएको हुनुपर्छ । जबर्जस्ती साइन्स विषय रोज्नु हुँदैन । एसएलसीसम्मको अध्ययनमा पनि विज्ञानका विविध विषयहरू अध्ययन भइसकेको हुन्छ । त्यसैका आधारमा पनि आफ्नो रुचि छनोट गर्न सकिन्छ । 
 प्लस टुमा साइन्स पढ्ने भनेको सामान्य मात्र हो । सबैले पढ्न सके राम्रो हुन्छ । तर, म्याथ राम्रो भएका र रुचि भएका व्यक्ति सफल हुन सक्छन् ।
 टेक्नोलोजीमा पनि रुचि राख्नुपर्छ । अहिले टेक्नोलोजीको विकासका कारण यसमा सफल करिअरको राम्रो सम्भावना छ । विज्ञान र प्रविधि जीवनको पाटो भएकाले पढ्न नसक्ने कमै हुन्छन् ।

कक्षा -८ पास पछि विद्यार्थीको एकमात्र  रोजाई बन्न सफल  कम्प्युटर इन्जिनियरिङ ९-१२ यस श्री महुन्याल माध्यामिक बिद्यालय बर्दगोरिया -६ बासकोटी कैलाली 

कम्प्युटर इन्जिनियरिङ पढे अवसरै अवसर !!!
के हो कम्प्युटर इन्जिनियरिङ ? 
कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा हो । नयाँ कम्प्युटर कस्तो बनाउने ? त्यो कम्प्युटरका लागि कस्तो सफ्टवेयर आवश्यक छ ? आईटी क्षेत्रमा विश्वमा के हुँदै छ ? नयाँ नयाँ प्रविधिको खोज तथा अनुसन्धान गर्ने र मानिसले गर्ने कामलाई प्रविधिबाट सहज बनाउन सिकाउने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा उतारेर जे समस्या छ, त्यसको समाधान प्रविधिबाट गर्न सिकाउने शिक्षा हो यो ।

सिभिल, आर्किटेक र मेकानिकल इन्जिनियरिङ अध्ययन गरे पनि त्यो क्षेत्रको काम पनि कम्प्युटरको माध्यमबाट हुन्छ । ती कामका लागि सहज बनाउने भनेको कम्प्युटर नै हो । सिभिल इन्जिनियरले पुल बनाउँछन् । तर त्यो पुल ठीक छ कि छैन भनेर कम्प्युटरको सफ्टवेयरबाट पहिले परीक्षण गरिन्छ । यसबाट फिजिबल भएपछि मात्र पुल बनाउने हो । त्यो सफ्टवेयर कम्प्युटर इन्जिनियरले बनाउँछन् त्यसैले दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्ने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । 

प्राक्टिकल र प्रोजेक्ट वर्क :-
आईटीसँग सम्बन्धित कोर्स भएकाले प्राक्टिकल र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइन्छ । विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपछि कार्यक्षेत्रमा गएर सहजै काम गर्न सक्ने गरी प्राक्टिकल र प्रोजेक्ट वर्क गराइन्छ । 

पढ्नु पर्ने मुख्य विषयहरू :-
•  कम्प्युटर प्रोग्रामिङ 
•  सफ्टवेयर इन्जिनियरिङ 
•  माइक्रोप्रोसेसर 
•  डाटाबेस म्यानेजमेन्ट सिस्टम 
•  कम्प्युटर ग्राफिक्स 
•  अपरेटिङ सिस्टम 
•  कम्प्युटर नेटवर्क
• म्याथम्याटिक्स 
• फिजिक्स 
• केमिस्ट्री 

कुन क्षेत्रमा काम गर्ने ? 
अहिले जुनसुकै क्षेत्रमा कम्प्युटरको माध्यमबाट काम हुन थालेको छ त्यसैले जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ । 
•  सरकारी कार्यालय 

•  दूरसञ्चार प्राधिकरण 

•  विद्युत् प्राधिकरण 

•  आईटी कम्पनी 

•  हार्डवेयर/सफ्टवेयर डेभलप 

•  वेब एप 

•  नेटवर्किङ 

•  बैंक/फाइनान्स

कस्तो रुचि भएकाले पढ्ने ? 

नयाँ नयाँ आइडिया र क्रिएटिभ दिमाग भएका र आईटीसँग नजिक हुन चाहनेका लागि उपयुक्त हुन्छ । सैद्धान्तिकभन्दा प्रक्टिकल गर्न रुचि भएका विद्यार्थीका लागि कम्प्युटर इन्जिनियरिङ फलदायी हुन्छ ।

कम्प्युटर इन्जिनियरिङको महत्त्व :
नेपालमा विकासका काम धेरै बाँकी छन् । आईटीबिना ती सम्पन्न गर्न असम्भव छ । आईटीलाई प्राथमिकता नदिने हो भने हामी अझै धेरै पछि पर्छौं । देशलाई समृद्ध बनाउने क्षेत्र पनि आईटी हो । नयाँ नयाँ प्रविधिको खोज, अनुसन्धान र निर्माण गर्नुपर्छ । ती विषयमा कम्प्युटर इन्जिनियरिङमा बृहत् रूपमा अध्ययन र अनुसन्धान हुन्छ । अवसरका क्षेत्र पनि धेरै छन् । जुनसुकै कम्पनीदेखि कार्यालय सबै आईटीमा निर्भर छन् । ती क्षेत्रमा काम गर्न दक्ष जनशक्ति उत्पादनका लागि कम्प्युटर इन्जिनियरिङ महत्त्वपूर्ण मानिन्छ ।

 

नेपालजस्तो भौगोलिक विकटता भएको देशमा कम्प्युटर इन्जिनियरको आवश्यकता बढी नै हुन्छ । विकटताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सकिँदैन । भौतिक संरचना तत्काल बनाउन पनि सकिँदैन । त्यस्तो ठाउँमा आईटीको माध्यमबाट सेवा सुविधा पुर्याउनु  सकिन्छ । संघीयताको मर्मलाई सफल बनाउन पनि आईटीको भूमिका महत्त्वपूर्ण हुन्छ । इन्टरनेटको माध्यमबाट सेवा प्रवाह गर्न सकिन्छ । ई–गभर्नेन्स पनि महत्त्वपूर्ण पक्ष हो । यसले संघीयतालाई सफल बनाउन सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९