Baigyanik Media

Advertisment

SKIP THIS

हस्तान्तरण गरेको पाँच मिनेटमै इसिजि सेवा सुरु अध्यक्ष कर्ण बहादुर कुँवरको चारै तिर चर्चा

  • बर्दगोरियालाई देशकै नमुना गाउँपालीका बनाउन कुनै कसर नछोडने अध्यक्ष कुँवरको भनाई (भिडियाे सहित)
  • बौनियाँ,कैलाली – बर्दगाेरिया गाउँपालिकाकाे कार्यालय मुडा कैलालीले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरेर दाेदाेधरा अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्वास्थ्य मानव जिवनकाे महत्वपुर्ण सम्पत्ति भएको भन्दै त्यसमा सबैले ध्यान दिनुपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा अगाडि बाेल्दै अध्यक्ष कुवरले याे सुरुवात मात्र भएको भन्दै आफ्नो पाँच बर्षिय कार्यकाल बिशेषत बर्दगाेरिया गाउँपालिकाकाे स्वास्थ र शिक्षामा परिवर्तन ल्याउनु रहेको बताएका थिए । साथै साे अवसरमा अगाडि बाेल्दै अध्यक्ष कुवरले आफुले सम्पुर्ण स्वास्थ्यकर्मीहरुकाे समस्या बुझेको बताउदै स्वास्थ्यकर्मीहरुले समेत बिरामीको हेरचाह र उपचारलाई आफ्नो प्रमुख दायित्व सम्झेर लाग्न आग्रह गर्नु भएको थियाे ।साे अवसरमा सामाग्री ग्रहण गर्दै बर्दगाेरिया गाउँपालिका वडा नम्बर एकका अध्यक्ष एवम् दाेदाेधरा अस्पताल सञ्चालन समितिका अध्यक्ष मिथुन गाैतमले बर्दगाेरिया गाउँपालिकाले पहिलो चरणमा दाेदाेधरा अस्पताललाई सामान हस्तान्तरण गरेकोमा धन्यवाद व्यत्त गरेका थिए । साेहि अवसरमा अगाडि बाेल्दै वडा अध्यक्ष गाैतमले आफू दाेदाेधरा अस्पतालको समस्याका बारेमा जानकार रहेकाे भन्दै याे अस्पताल लाई नमुना अस्पताल बनाउन सधैं लागिपर्ने कुराकाे प्रतिबद्धता समेत व्यत्त गर्नु भएको थियो ।कार्यक्रममा बर्दगाेरिया गाउँपालिकाले दाेदाेधरा अस्पताल बर्दगाेरिया गाउँपालिका वडा नम्बर एक मुडालाई इसिजि मेसिन एक थान,५० लिटरको अक्सिजन सिलिन्डर २ थान,अक्सिजन रेगुलेटर २ थान,अक्सिजन सिलिन्डर कि १ थान,पल्स अक्सामेटर स्पट चेक २ थान,डिजिटल बिपि सेट २ थान,काेभिड-१९ मास्क १००० पिस,काेभिड-१९ एन्टिजिन कीट १००० सेट,डिजिटल थर्ममिटर १० पिस,भ्याकुम एक्सट्रयाक्टर सेट १ पिस लगायतका सामान हस्तान्तरण गरेकाे हाे ।साे सामाग्री बर्दगाेरिया गाउँपालिकालाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतकाे स्वास्थ्य सेवा बिभाग टेकु काठमाडौले प्रदान गरेको हाे ।सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा एमाले बर्दगाेरिया गाउकमिटि सचिव देवेन्द्र शाहि,बाैनियाँ बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम,बाैनिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भाेजराज भट्ट,बाैनियाँ बजार व्यवस्थापन समितिका पुर्व महासचिव द्धारिका धमाला,मुडा बजारका व्यापारी एवम समाजसेवी मिन बहादुर बम,बर्दगाेरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको दुई मिनेटमै इसिजि सेवा सुरु

    साेमबार इसिजि मेसिन प्राप्त गरे लगत्तै दाेदाेधरा अस्पतालले इसिजि सेवा सुरुवात समेत गरेको छ । विगत तीन देखि दाेदाेधरा अस्पतालमा भर्ना भएर सेवा लिइरहेका माेहन्याल गाउपालिका वडा नम्बर १ तल्लापानि बस्ने बर्ष ८३ का हर्क बहादुर बस्नेत दाेदाेधरा अस्पतालबाट इसिजि सेवा प्राप्त गर्ने प्रथम व्यत्ति बनेका छन् । दाेदाेधरा अस्पालले हाल डाक्टर प्रकासचन्द्र भट्टको नेतृत्वमा सेवा प्रदान गर्दै आइरहेको छ ।

                       (भिडियो सहित)

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation