
कैलाली – कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्षका स्वाकिय सचिव छेदुलाल चौधरी लगायत अन्य जनप्रतिनिधिहरु रगत दान गर्ने टिकापुर अस्पतालमा पुगेका छन् । रगत आवश्यक भएको सुचना पाउना साथ ईमर्जेन्सी रक्तदान गर्न जोशीपुर गाउँपालिका वडा नं ३ की अध्यक्ष रेणु चौधरीले रक्तदान गरेकी छिन । उहाँ सगै वडा न १ का अध्यक्ष रामचन्द्र चौधरी, ४ का अध्यक्ष रामजनम चौधरीले o+रगत आवश्यक रगत भिस्मा कुमारी चौधरीलाई ईमर्जेन्सी रक्तदान गर्न अस्पताल पुगेका हुन् । भिस्मा केही दिन देखि बिरामी भई टीकापुर अस्पतालमा उपचार गराइरहेकी थिइन् ।जोशीपुर गाउँपालिका वडा नं १ बस्ने भिस्मा कुमारी चौधरीको शरीरमा तत्काल रगत आवश्यक भएकोले चौधरीलाई रगत दान गरेका हुन । चौधरीको परिवारले भिस्मालाई मृत्युको मुखबाट तत्काल रक्तदान गरी ज्यान बचाएकोमा रक्तदान गर्नेहरुलाई हार्दिक आभार समेत व्यक्त गरेका छन ।
रगतको सप्स्टिच्युटमा हाल सम्म कुनै औषधिहरु उपलब्ध नभएकोले रगत आवश्यक पर्दा मानिसकै रगतै दिनु पर्दछ ।