आदर्श सामुदायिककाे बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न(फोटो फिचर)

शिक्षा क्षेत्रमा फरक छाप छोड्दै आदर्श सामुदायिक विद्या मन्दिर

बाैनियाँ,कैलाली –आदर्श सामुदायिक विद्या मन्दिर बर्दगाेरिया गाउँपालिका – २ बाैनियाँकाे बिदाइ तथा सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । हाल कक्षा १० मा अध्यनरत छात्र अबिराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनियाँका प्राचार्य भुमि प्रकास बम रहनु भएको थियो ।साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै बमले बिद्यालय कार्य विद्यार्थीलाई अध्यान गराउनुका साथै बिबिध अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन आवश्यक रहेको बताउदै एक हदसम्म याे कार्यमा आदर्श सामुदायिक सफल रहेको कुरा बताउनु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै बमले आदर्श सामुदायिकले पछिल्लो समयमा बर्दगाेरिया गाउँपालिकाकाे समग्र शिक्षा क्षेत्रमा फरक छाप छाेड्न सफल भएको कुरामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यहीँ गुणस्तर लाई कायम राखेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।अझ अगाडि बाेल्दै बमले अहिले युग प्रबिधिकाे युग रहेको कुरामा जाेड दिदै विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर सम्पुर्ण देश र विश्व जगतमा पछिल्लो समयमा भैरहेका घटनाक्रमका बारेमा जानकार रहनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बिद्यालयका संस्थापक एबम कैलाली ज्ञान ज्योति बिद्यालयका सञ्चालक शालिमान बाेहराले विद्यार्थी भनेको एक काँचो माटो रहेको कुरामा जाेड दिदै त्यसलाई कस्तो आकार दिने भन्ने कुरा शिक्षक शिक्षाका र अभिभावककाे हातमा रहने कुरामा जाेड दिनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै बाेहराले एक विद्यार्थी र विद्यालय सफल हुनमा विद्यार्थी ,अभिभावक र शिक्षक शिक्षाकाहरुकाे भुमिका समान रहने भएकोले त्यसतर्फ सबैले ध्यान दिन आवश्यक रहेको कुरा बताउनु भयो ।कार्यक्रममा विद्यालयका शिक्षक सुनिल भण्डारी , बिद्यालयका प्रिन्सिपल बिकास थापा र २०७८ काे एस.ई.ई ब्याजमा विद्यालयका तर्फबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी बिराज मल्ल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पछिल्लो समयमा आदर्श सामुदायिक विद्या मन्दिर बर्दगाेरिया गाउँपालिकाकाे एक स्थापित शिक्षण संस्थाको रुपमा उदाउदै गैरहेकाे छ । गत बर्षकाे एस. ई.ई नतिजामा विद्यालयले गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । साे विद्यालयबाट एस.ई.ई परीक्षा दिएका ३३ जना विद्यार्थी मध्ये २ जनाले (ए) प्लस ल्याउन सफल भएका थिए ।बिबिध सांस्कृतिक प्रस्तुति सहित आयाेजना भएको कार्यक्रमकाे सञ्चालन कक्षा १० काे कक्षा शिक्षक राज थापाले गर्नु भएको थियो । साे कार्यक्रममा एस.ई.ई व्याज २०७८ का विद्यार्थीहरुलाई साेहि व्याजका कक्षा ९ का विद्यार्थीहरुले मायाको चिनाे सम्झना स्वरुप प्रदान गरेर सम्मान तथा बिदाई गरेका थिए। साेहि कार्यक्रममा विद्यालयले एस.ई.ई व्याज २०७८ का विद्यार्थीहरुलाई पुरष्कृत समेत गरेको थियो ।

……..फोटो फिचर सहित……

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९