Baigyanik Media

Advertisment

SKIP THIS

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न 

  • बर्दगोरिया - ४ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
  • बाैनियाँ,कैलाली – वान हाेप पाेलिप्याथिक हस्पिटल प्रा.लि धनगढीकाे सहकार्य र बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ काे आयाेजनामा बिहीबार एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शाहीले दिएकाे जानकारी अनुसार स्वास्थ्य शिबिरमा होमियाेपैथी डाक्टर अमित कुमार साहनीले बिरामी चेकजाँच तथा परमर्श सेवा प्रदान गर्नु भएको छ । स्वास्थ्य शिबिरमा मृगौला ,पिसाब नलि, पिसाब थैलिकाे पत्थरि,पाइल्स तथा मलद्धार चिलाउने,दुख्ने र पाेल्ने, महिला सम्बन्धि राेग, ग्याष्टिक, कब्जियत, थाइराईड, माईग्रेन,युरिक एसिड तथा बाथ राेग, ढाड र घुडा दुख्ने नशा च्यापियकाे साइटिक, बालबालिका हरुमा देखा पर्ने राेग , छाला , याैन, दम, सुगर लगायतका राेगहरुकाे परिक्षण परामर्श र सल्लाह प्रदान गरिएकाे थियाे ।स्वास्थ्य शिविरमा औषधी बाहेकका सम्पूर्ण सुबिधाहरु निशुल्क प्रदान गरिएकाे वडा अध्यक्ष शाहीले जानकारी दिनु भएको छ । साथै औषधीमा १० प्रतिशत छुट भने प्रदान गरिएकाे वान हाेप पाेलिप्याथिक हस्पिटल प्रा.लि धनगढीले जानकारी दिएको छ ।बिहीबार बिहान ९ बजे देखि ५ बजेसम्म वडा नम्बर ४ काे वडा कार्यालय मुडा बजारमा सञ्चालन भएको स्वास्थ्य शिविरमा १५० जनाले सेवा लिएकाे आयाेजकले जानकारी दिएको छ । जम्मा ३१६ जनाले नाम दर्ता गरेको र बाँकिलाई शुक्रबार समेत सेवा प्रदान गरिने आयाेजकले जानकारी दिएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation