बिहिबार, फाल्गुन १७, २०८०

मलाई बचाउनु होस् ? बर्दगाेरिया धार्मिक क्षेत्रबाट सहयोग माग्दै भगत

  • बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेका बिरामी भगतलाई झगडपुर बासिकाे सहयोग 
  • कैलाली – बर्दगाेरिया गाउँपालिका वडा नं २ मा अवस्थित बर्दगाेरिया धार्मिक क्षेत्रमा बस्दै आएका ६५ बर्षिय भगत फट्टु दासलाई सहयोग गरिएको छ ।बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ का युवा समाजसेवी अबिनाश चाैधरी नेतृत्वको झगडपुर बासि ९४ घरबाट संकलन गरिएको आर्थिक लगायतको खाधान्न सामाग्री दासलाइ शुक्रबार हस्तान्तरण गरिएको हाे । युवाहरूको समुहले नगद दस हजार पाँच सय असी रुपैयाँ संगै तीन कट्टा चामल एक कट्टा गहु दुई बाेतल खाने तेल साेयाबिन फलफूल जुस लगायतका सामाग्री हस्तान्तरण गरेका हुन ।भगत दास बिगत ६० बर्षदेखि बर्दगाेरिया क्षेत्रमा बस्दै आएका छन् । हाल दासको उमेर ६५ बर्ष पुगेको छ । भगत दास बिगत एक बर्ष देखि बिरामी रहेको र पछिल्लो एक महिना देखि भने थलानै परेका छन् ।पहिलो चरणमा झगडपुर गाउँबाट आर्थिक संकलन गरेर भगतकाे उपचारको सुरुवात गरिएको र उपचारका लागि बाहिर लिनुपर्ने भएकोले आफुहरु सहयोगीका लागि विभिन्न संघ संस्था ,व्यापारी , उधाेगपति र स्थानीय बर्दगाेरिया गाउँपालिकालाई अनुरोध गर्ने बारेमा तयारी गरिरहेकाे नेतृत्वकर्ता अबिनाश चाैधरीले बताए । यदि कुनै व्यक्तिले सहयोग गर्ने चाहेमा अबिनाश चाैधरीको सम्पर्क नम्बर ९८४८४५०३०३ वा ९८०१७००९११ मा सम्पर्क गर्न सक्नुहुने छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation