
कैलाली – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले २०७९ असोज ६ गते यस कम्पनीको ५ औं बार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत कम्पनीको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका लम्कीमा रहेको शाखाले आफनै कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाइटी टिकापुर उप-शाखाको प्राविधिक सहयोगमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा अन्तर्गतका उप-शाखाहरु टिकापुर,बौनियाँ,राजापुरमा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथै यस कम्पनीमा आबद्ध अभिकर्ता तथा अन्य सर्वसाधारण गरी जम्मा २५ जनाले रक्तदान गरेका थिए ।