आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नाक कान घाँटी रोग सम्बन्धी बर्दगोरिया-५ मा निशुल्क शिविर हुने

कैलाली – बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा रहेको वडा कार्यालयमा नाक कान घाँटी सम्बन्धी निशुल्क शिविर हुने भएको छ । असोज महिनाको ८ गते शनिबार दिन बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवाको आयोजना र बर्दगोरिया अस्पताल प्रा.लीको सहयोगमा नाक कान घाँटी रोग सम्बन्धी निशुल्क स्वास्थ्य चेकजाँच शिविर हुने भएको हो ।

निशुल्क स्वास्थय चेकजाँच शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सुमन थापाले उपचार गर्ने बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चाैधरीले बताए ।

उनका अनुसार शिविरमा नाक बन्द हुने, पिनास, कान नसुन्ने, कान कराउने, कान दुख्ने, कानबाट पिप बग्ने, घाँटी दुख्ने, टन्सिल लगायतका स्वास्थ्य समस्याहरुको उपचार गरिने छ । वडा कार्यालयले विरामीहरुलाई नाम दर्ता गराई मौकाको फाईदा उठाउन पनि आग्रह गरेको छ । बर्दगोरिया अस्पताल प्रा.ली ले अपरेसनमा १० प्रतिशत छुट गर्ने छ भनी वडा कार्यालयले एक सूचना प्रकाशित गरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation