Baigyanik Media

Advertisment

SKIP THIS

जुनकीरी नेपाल द्वारा बाैनियाँ बजार क्षेत्रमा सरसफाइ 

कैलाली” सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित बाैनियाँ बजार क्षेत्रमा सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा समाजका लागि” अभियान अन्तर्गत बाैनियाँ बजार क्षेत्रमा सरसफाइ गरिएको जुनकीरी नेपालका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिनु भएको छ ।सरसफाइ कार्यक्रममा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर १ का अध्यक्ष मिथुन गाैतम, वडा नम्बर २ का अध्यक्ष गाेबिन्द बि.क, इलाका प्रहरी कार्यलय बाैनियाँ,सहयोगी बेलुवा युवा क्लब बेलुवाको पनि उपस्थिती रहेको थियो ।जुनकीरी नेपाल आफ्नो स्थापना काल देखि सरसफाइका क्षेत्र हरुमा कार्य गर्दै आएको छ । उसले केही समय अगाडि मात्र किसाेरिहरुका लागि आत्मरक्षा तालिमको सफल आयाेजना समेत सम्पन्न गरिसकेको छ । हप्तामा एक घण्टा समाजका लागि अभियान अन्तरगत आउदो सनिवार बर्दगाेरिया गाउँपालिकाकाे कुनै अर्को ठाउमा सरसफाइ कार्यक्रमकाे आयाेजना गरिने जुनकीरी अध्यक्ष भण्डारीले जानकारी दिनु भएको छ । मुडा बजार स्थित खेलमैदानमा पाँचौ संस्करणको खुल्ला सेतीलाेकमार्ग राष्ट्रव्यापि फुटबल प्रतियोगिता २०७९ काे आयाेजना स्थल समेत हाे । साेहि कुरालाई मध्येनजर गर्दै साे खेलमैदानमा सरसफाइ गरिएकाे जुनकीरी नेपालकि उपाध्यक्ष अपेक्षा राेकायाले बताउनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation