देवताका दुःख चित्रमा

काठमाडौं, १४ वैशाख राजधानीको सिद्धार्थ आर्ट क्यालरीमा सुरु भएको आधुनिक चित्र प्रदर्शनी हेर्न आधुनिक चित्र सेक्सनको ढोकाबाट छिर्ने दर्शकमध्ये ढोकामै धेरै जना एकछिन अड्किन्छन् । त्यसपछि तिनीहरूमध्ये धेरैको मुखबाट अचानक निस्कने शव्द हो वाह ! त कसैको मुखबाट सिक्कने शव्द हो, अनविलिएभल (अविश्वनिय), सो नाइस, आइ लाइक इट । ढोकाबाट छिर्ने वित्तिकै ठूलो आयत आकारको झुण्डाएको रंगीन र कालो सेतो चित्र देखिन्छ । यही चित्रप्रति धेरैजना आकर्षित भएका हुन् । यो चित्रको शीर्षक गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) भन्ने छ । चित्रमा बीचमा रंगीन देवता छन् भने त्यसको दायाँबायाँ रंगहिन दुई जना बालक हात समाएर बसेमा छन् । आकर्षक यो चित्र भक्तपुरका चित्रकार बालकृष्ण बनमालाले बनाएका हुन् । बनमालाले चित्रमार्फत झल्काउन खोजेको कुरा हो, भक्तपुरमा प्रत्येक वर्ष करिब ११ महिना हुने नवदुर्गा देवगण बन्ने पात्रका दुःख । चित्रको बीचमा श्वेत भैरव र सिमदुम छ । जुन बिहानदेखि बेलुकासम्म हुने जात्रामा खटने गर्छ ।

 

भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा नचाइने प्रख्यात नवदुर्गा नाचमा देवता हुनेका दुःख उनले चित्रमार्फत् बिसाएका छन् । चित्रले जात्राको बेला बिहानदेखि बेलुकासम्म हुने कारण देवगण बनेका बच्चाहरू विद्यालय जान नपाउने उल्लेख छ । विद्यालय जान नपाउने भएका कारण उनीहरूको एक वर्ष खेर जान्छ । देवगण बन्ने पालो पालैपालो हुनेगर्छ । अर्को वर्ष पनि देवगण बन्ने भएन भने उनीहरु नै फेरी बन्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षाबाट वञ्चित हुन्छन् उनीहरु । यसले उनीहरूको भविष्य ओझेलमा परेको देखाउन खोजिएका छन् चित्रमा ।चित्रमा पछाडिपट्टी तीन नै जनाको छाया कालो राख्नुको अर्थ अन्तिममा वा बुढेसकालमा देवगण बनेको तीन नै जनाको जीवन अन्धकारमय हुने गरेको वास्तविकता देखाउन खोजेको चित्रकार बनमाला सुनाउँछन् । सरकारी कर्मचारी भएको भए पेन्सिन पाउने वा संचयकोष हुन्छ । व्यापार व्यवसाय गरेको समयमा तन्न पैसा कमाएर बचत गरेको हुन्छ, तर यसमा यस्तो कुनै पनि सुविधा हुँदैन । देवतालाई भनेर चढाएका केही खानेकुरा, फलफूल हुन्छ र केही ५–१० रुपैया दक्षिणा । बस उनीहरूले पाउने त्यति नै हो । त्यसैबाट जेनतेन गुजारा चलाएका हुन्छन् उनीहरूले । देवता बन्न नसकेपछि एक छाक खानलाउनको पनि धौधौ हुन्छ उनीहरूको ।
बनमालाकै अर्को कुनामा राखेको महाकालीले नृत्य गरिरहेको चित्र पनि छ । त्यसमा पनि महाकालीको मास्क अर्थात नेपाल भाषामा ख्वपा लगाएको देवता छ ।

 

त्यसले देवता भएपछि लगाउने आभूषण सबै रंगीन थिए तर मानिस व्ल्याक एन्ड ह्वाइट थियो । बनमालाले देवताको मास्क लगाएसम्म सबैले देवता भनेर मान सम्मान इज्जत दिइन्छ । तर जब मास्क खोलिन्छ, त्यसपछि फेरी सर्वसाधारणको रुपमा नै जीवन विताएको हुन्छ भन्ने देखाउन खोजिएको छ । त्यसपछि धनसम्पत्ति छ भने सम्मान गरिन्छ नभए मान्छे पनि गन्दैनन् समाजले उनीहरुलाई भन्ने दर्शाउन खोजिको छ । भक्तपुरको नवदुर्गा देवगणको जिवनशैली यस्तो छ । मास्क लाएपछि सम्मान उटारेपछि अपमान ।निरन्तर आधुनिक चित्र भनिएता पनि नवदुर्गा देवगणको मर्म, पीडा, इच्छा आकांक्षा, भविष्यकाबारेमा झल्काउने सचेतन झल्काउने चित्र निरन्तर लागिपरेको उनी सुनाउँछन् । यसको बारेमा नसोचेको भए अहिले देवगणहरु सबै अशिक्षित हुन बाध्य हुन्थ्यो । उनको निरन्तर पहलपछि अहिले देवगण बनेका ४ जना बच्चालाई विभिन्न निकायबाट १० कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको छ ।

 

विभिन्न ठाउँमा प्रर्दशनी गर्दा उनको मुख्य पात्र नै नवदुर्गा देवगण नै हुने गरेको उनी सुनाउँछन् । आफ्नो प्यासनको साथसाथै यसले देवगणको समस्याबारे सबैको ध्यानाकर्षण गर्नको लागि निरन्तर पाइला चालिरहने उनी सुनाउँछन् । अरु चाडपर्व जात्रामा आधुनिकीकरण प्रयोग भइसकेको छ । तर नवदुर्गा जात्रा भने अहिले पनि परापूर्वकाल कै शैलीमा चलाइरहेको देखिन्छ । अहिले पनि देवता एक ठाउँबाट अर्को ठाउँमा नाचको लागि जाने क्रममा सवारीसाधनको प्रयोग गरिदैन । नवदुर्गा देवगणको मास्क खर्पनमा बोकेर हिडेर पुग्ने गर्दछ । भक्तपुरबाट साँंखु, बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंहरुमा जुता नलगाई हिडेरै जाने गरिन्छ । सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक संगीता थापाले सबैको चित्रमा गहिरो अर्थ बाकेको बताउँछिन् । तर भक्तपुरका चित्रकार बालकृष्ण बनमालाको चित्रमा अर्थको साथसाथै जिवित व्यक्तिहरुको कथा पनि झल्काउने गरेको बताउँछिन् । मलाई लाग्छ भक्तपुरको नवदुर्गा देवगणको बारे चित्र प्रर्दशनीमा ल्याउने उनी पहिलो व्यक्ति हुन्, उनी भन्छिन् । अहिले पनि अधिकांश प्रर्दशनीमा उनले नवदुर्गाका पात्रहरुलाई नै समाबेश गर्ने गरेको उनी सुनाउँछिन् ।त्यस्तै देवेन्द्र सिंख्वालले नयाँपन झल्काउनको लागि यसपाली कुरकुला देवीको मूर्ति स्यामश्वेत (कलोसेतो) मा बनाएको बताए । खासमा पौभा भनेको रंगीन हुन्छ तर स्याश्वेत पनि बनाएर हेरौं भनेर भाइ र मैले मिलेको बनाएको हो, उनले भने । तर यो पुजा गर्नको लागि हुँदैन, थपे उनले ।  प्रर्दशनीमा आशा, क्रान्ति, खुसी, आत्म सन्तुष्ति, माया, फ्रस्टेसन (तनाब) अन्य मनोरञ्जनात्मक चित्र प्रस्तुत गरिएको छ । भक्तपुरलाई केन्द्रित गरेर प्रर्दशनी गरिएको छ । २०८० बैशाख जेष्ठ ५ गतेसम्म प्रदर्शन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९