म भाग्यमानी निर्माता : गीतकार सुरेश वाग्ले

काठमाडौँ, ७ असार । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारसहितका विषयलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् । ‘सरोज दाई अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ’, गीतकार वाग्लेले भने,’गीतसंगीतसँगै सामाजिक विषयलाई चलचित्रको ठुलो पर्दाको माध्यमले दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ । सरोज दाई निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि म पनि निर्माताको रुपमा डेब्यु गरे ।’

 

आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । ‘सर्जक भएकाले सामजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाईएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छ’, निर्माता सुरेशले भने । यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउदै आएकी छिन् । ‘मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रुपमा तयार गरेकी छु’, करिश्माले भनिन् । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ ।

 

कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले पारिवारिक चलचित्र रहेको जानकारी दिए । ‘सरोज दाईको डेब्यु निर्देशन रहेको चलचित्र वितरण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । किनकि उहाँ कलाकारितामार्फत नै चिनुनु भयो र अहिले आफूलाई निर्देशकको रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ”, वितरक श्रेष्ठले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९