बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

धनगढी । सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ।प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी नि:शुल्क गरिने जनाएको हो।प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेकोमा अवव नि:शुल्क जाँच गरिने अस्पतालको भनाइ छ।‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।–सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation