नेपालमा हरेक दिन थपिन्छन एचआइभी संक्रमित

भैरहवा। नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ ।३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवन लगायतबाट दैनिक रुपमा एक जनामा संक्रमण फैलिरहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले दिएको तथ्याङक अनुसार नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण देखिएको अनुमान गरिएकोमा हरेक दिन १ जनामा एचआईभी संक्रमण हुन्छ भन्ने अनुमान रहेको छ सन् २०२२ मा ४८८ नयाँ संक्रमित भएको छ जुन २००० को तुलनामा घटेको हो । नेपालमा २०२२ मा ३४४ जनाको एचआईभी संक्रमितको मृत्यु भएको थियो ।नेपालमा सन् २०२० को तथ्याङक अनुसार ३० हजार ३ सय जना अनुमानित संक्रमित रहेको मध्ये  ४० प्रतिशत महिला छ ।

 

संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिङगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागु औषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको तथ्याङक छ । रुपन्देहीमा गत आर्थिक वर्षमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिला, २६ पुरुष र १ जना अन्य रहेको कार्यालयले जानकारी दिएको छ । सन् २०२२ को अन्त सम्म नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिईरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ७८ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आ.व. २०७९–०८० मा रुपन्देहीमा कुल १ हजार ७ सय ४८ जनामा एचआइभी संक्रमण देखिएको छ । संक्रमित सबैले उपचारका लागि एआरटी सेवा लिइरहेको एचआइभी रोकथाम कार्यक्रमका फोकल पर्सन रिसभ श्रेष्ठले बताए ।यस्तै  कपिलबस्तुमा ५ सय ६१, बाँकेमा ५ सय ५६, दाङमा ३ सय ९४, पाल्पामा ३ सय ४१, नवलपरासी (पश्चिम) ३ सय १७, गुल्मी १ सय ९९, बर्दिया १ सय ७५, अर्घाखाँची १ सय ३२, प्युठान १ सय २९ र रोल्पामा ४६ संक्रमित छन ।

लुम्बिनी प्रदेशमा गत बर्ष १ लाख ३० हजार गर्भवती महिलामा एचआइभी परीक्षण गर्दा १७ जना संक्रमित फेला परेको फोकल पर्सन श्रेष्ठले भने । राष्ट्रिय एचआइभी रणनीतिक योजना (सन् २०२१–२०२६) सन् २०३० सम्ममा एड्सको माहामारीलाई अन्त्य गर्न शुन्य एचआइभी संक्रमण, शुन्य एड्स मृत्यू, शुन्य एचआइभी सम्बन्धि भेदभावको लक्ष्य तथा प्राथमिकताको कार्यक्रम राखेको छ ।

 

सन् २०२६ सम्म एचआईभीको आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मुलन गर्ने लक्ष्य छ । रणनीति योजनाले २०२६ सम्म संक्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको छ । समाजमा अझै पनि एचआइभी संक्रमितप्रति अझै पनि लान्छना, विभेद र उनीहरुप्रति हुने दुव्र्यवहारका कारण अन्य बिरामीजस्तै खुलेर देखिन नसक्दा एचआइभीको रोकथाम तथा नियन्त्रणका लागि चुनौती रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ।

 

संक्रमित सही समयमा चेकजाँच र औषधी उपचारको लागि सम्पर्कमा नआउँदा चुनौति बढ्दै गएकोे हो ।‘समाजमा उनीहरुप्रति हुने विभेद र लान्छनाका कारण अझै पनि एचआइभी संक्रमितहरु अन्य रोगका बिरामी जस्तै खुलेर उपचारका लागि आउन सकेका छैनन् ।एचआइभी रोकथाम तथा नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न विभिन्न माध्यम अपनाउनु परेको छ’, ढकालले भने, ‘उपचारमा आउने संक्रमितहरु पनि समाजिक विभेद, लान्छना र दुव्र्यवहारबाट पीडित भएको बताउने धेरै छन् ।’

 

भाइरल लोड परिक्षण र उपचारमा कठिनाई समेत भएको प्रमुख ढकालले भने । नमुना लिएर केन्द्रमा रहेको प्रयोगशाला पठाउनु पर्छ, नजिकै भए सहजता हुने उनले भने ।एचआइभीप्रति चेतनाको कमी, बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा हुने आवतजावत, स्वदेशमैंं पनि रोजगारी तथा मजदुरीका लागि विभिन्न स्थानमा हुने स्थानान्तरण, यौनकर्मी, सुईबाट लिइने नशालु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कका कारण एचआइभीको संक्रमण हुने गर्छ । संक्रमित गर्भवतीबाट बच्चामा पनि हुने संक्रमणपनि अर्को मुख्य कारण हो ।

 

पछिल्लो समयमा एचआइभीको संक्रमण र मुत्यू दर छटेर गइरहेको तथ्यांकले देखाएको छ । कार्यालय प्रमुख ढकालले एचआइभी संक्रमित भैसकेकालाई उपचारको माध्यमबाट आयु लम्ब्याउने र नया संक्रमित हुन नदिन गर्भवती महिलाको जाँच गरेर सकेसम्म बच्चामा संक्रमण हुन नदिने र बच्चा आमाबाट संक्रमित भएर जन्मिमा पनि उपचार र औषधिको प्रयोग गराएर स्वस्थ राख्ने योजना रहेको बताए ।आर्थिक वर्ष २०७९।०८० मा लुम्बिनी प्रदेशमा  २ लाख ३ हजार १ सय १६जनामा परिक्षण गरिएकोमा ६ सय २२ जनामा संक्रमण देखिएको थियो ।

 

नेपालमा औषधीको पहुँच बढाउनका लागि ८५ एआरभी केन्द्र तथा ४६एआरभी डिस्पेन्सिङ् नेन्द्रहरु गरी ४१ वटा जिल्लामा अवस्थित रहेको र १३ वटा भाइरल लोड परीक्षण केन्द्रहरु रहेका छन । लुम्बिनी १५ वटा एआरटी केन्द्रहरु रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९