हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको जुरीमा भरत रेग्मी

काठमाडौं। फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यस वर्ष लसएन्जल्सको उत्तरी हलिउडको द टेलिभिजन एकेडेमी वल्फ थिएटरमा सम्पन्न भएको थियो । जहाँ भरतमणिले सम्पादन विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत विशेषत प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ । जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन् र हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिइन्छ । भरत नन थिएट्रिकल फिचर र डकुमेन्ट्री अन्तर्गतको आउस्टेण्डिङ इडिटिङ विधाको जुरी थिए ।यस वर्ष पनि हलिउडबाट निर्माण हुने फिचर फिल्मका साथै नेटफिलिक्स, एचबिव, एपल टिभि प्लस, म्याक्स टिभीलगायतका थिएट्रिकल र नन थिएट्रिकल फिल्म, टेलिभिजन शो, वृत्तचित्र, सिरिजहरुका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिइयो ।यस वर्ष ‘उत्कृष्ट सम्पादन डकुमेन्ट्री’ अन्तर्गत डकुमेन्ट्री ‘मोनाग डेड्रिम’ का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ ले अवार्ड पाए । ‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल अन्डर ३० मिनेट अन्तर्गत डार्क कमेडी क्राईम टेलिभिजन सेरिज ‘बैरी – अ नाईस मिल’बाट सम्पादक अली ग्रीरले अवार्ड पाए ।

 

‘उत्कृष्ट सम्पादन नन–थिएट्रिकल ओभर ३० मिनेट अन्तर्गत ‘द ह्वाईट लोटस–एरिभेडेरिक’बाट सम्पादक जोन एम. भ्यालेरियोले अवार्ड पाए । थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’ फिल्मका लागि फोटोकेम पोष्ट प्रोडक्सन हाउसका कलरिष्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने फिल्म सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए ।

 

भिजुअल इफेक्टमा फिल्म ‘अवतारः द वे अफ वाटर’बाट ‘सर्वोत्कृष्ट भिजुअल इफेक्ट’ श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरु क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए । ‘उत्कृष्ट कलर ग्रेडिङ’का लागि ‘स्पाइडर–म्यानः एक्रोस द स्पाइडर–भर्स’बाट पिक्चर शप पोस्ट प्रोडक्सन कम्पनीका कलरिष्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्रयागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’ बाट प्यारामाउन्ट पिक्चर्सले अवार्ड पाए ।

 

अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए । भरतका अनुसार आयोजकले उनलाई जुरीका लागि सम्पर्क गरेका थिए । ‘मेरो प्रोजेक्ट, डकुमेन्टेसन सेलेक्सन पछि यो अवसर पाएँ । हामी जुरीले सहभागी सबै फिल्म हेरेर रिभ्युको सबै प्रक्रिया पुरा गरेर पठाएका थियौं । जुरीहरुको सबै रिभ्यु संकलन पस्चात आयोजकले अवार्ड प्रदान गरेका थिए’, भरतले भने ।

 

स्क्रिन उद्योगमा स्क्रिन राइटर्स गिल्ड र स्क्रिन एक्टर्स गिल्डको लामो आन्दोलनका कारण धेरै मानिसहरूले आफ्नो जीविकोपार्जन गुमाए र व्यवसायीहरूले आफ्ना व्यवसायहरू बन्द गरे। उद्योगका प्रोफेसनलहरुले बाँच्नको लागि ठुलो दुख खप्नुपर्ने अवस्था बन्यो । लामो आन्दोलनको अन्त्य पछि भर्खर लयमा फर्किन लागेको स्क्रिन उद्योगलाई यसले ठुलो हौसलाको काम गरेको थियो ।

 

त्यस उद्देश्यका लागि अवार्डमा द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले निर्माण गरेको ‘पोस्ट प्रोडक्सन समुदायका धैर्यशिल सदस्यहरूलाई हार्दिक सलाम’ भनी वर्णन गरिएको छोटो फिल्मको प्रदशन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९