निर्माताको अनुभवपछि अभिनयको परिक्षा दिन तयार सन्तोष अधिकारी

२२ वर्षदेखि ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना

काठमाडाैं। २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए। छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले मुखै फोरेर दिक्दारी पोख्यो – ओ ड्याड कम अन । ‘चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ‘सिनोप्सिस’ सुनाए। त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन्। निर्माताको अनुभवपछि उनी अभिनयको परिक्षा दिन तयार भएका छन्। पुस २९ गते ‘चित्रा’ रिलिज हुँदैछ। फिल्मलाई लिएर उनी उत्साहित छन्। डबिङ्मा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन्। उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए-

 

‘चित्रा’को मनपरेको कुरा के हो?

कन्टेन्ट।

चित्रमा जुन तपाईंले निर्वाह गर्नु भएको पात्र छ, त्यो पात्रलाई कसरी न्याय गर्नसक्छु जस्तो लाग्यो?यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरु छन्। म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्ररी बुझ्छु।

पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ नि?

पर्दामा पनि वास्तविक जीवनका भोगाइहरुलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा उतिसारो फरक छैन ।

यसका लागि केकस्तो तयारी गर्नुपर्‍यो?

व्यापकचाँहि नभनूँ। जीवनले धेरैकुराहरु सिकाएको छ, अब एक्टिङ सिकेको आदिइत्यादी कुराहरु गरेर त्यसलाई ज्यादा उच्च कुरा गरियो पनि नभनूँ। मैले यस पात्रलाई प्रत्येक पलहरुमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु। यसमा अभिनय सिकेको, नाच सिकेको कुरालाई म एउटा गणित ठान्दछु। त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याउने काम गरेको छु। यसका लागि केही समय भने लाग्यो मलाई। यो पात्रका विभिन्न चरणहरुलाई सूक्ष्म ढंगले अध्ययन गरेर यसो गर्दा ठीक हुन्छ वा यसचाँहि गर्दा गज्जब हुन्छ भन्ने ठानेर गरेको छु।

तपाईंको परिभाषामा एउटा अभिनेता के हो ?

आफ्नो भूमिकालाई अभिनयका माध्यमबाट न्याय गर्न गर्नसक्ने मान्छे, जसले आफ्नो चरित्रको सूक्ष्मतालाईसमेत प्रस्तुत गर्नसक्छ।

चित्रा’मा गरेको भूमिकामा आफूले कति न्याय गरेछु जस्तो लाग्छ?

डबिङमा हेर्दा मैले मेरो पात्रलाई सयमा सय न्याय गरेको छु भन्ने भान भयो। म आफ्नो प्रशंसा आफै गरेर रमाउने मान्छे होइन, अरुले गर्दा मात्र आफ्नो कामले न्याय पाउँछ भन्नेमा विश्वास राख्छु। दर्शक बनेर हेर्दा म आफै दंग परें, मैले न्याय गरेछु भनेर।

यो फिल्मबाट तपाईंलाई प्राप्त हुने कुरा के हो?

यसले सन्तोष अधिकारी एउटा अभिनेता हो भन्ने परिचय दिन्छ जस्तो लाग्छ।

अभिनेता भएँ भनेर भन्नलाई तपाईंको कति वर्षको मेहेनत पर्‍यो?

२२ वर्ष नै भनम्, अब गणितिय मेहेनतचाँहि ४-५ वर्ष भनम् न। बिचमा कोरोना महामारी आयो त्यो बेलामा मोबाइलमा आफूलाई थुप्रैपटक रेकर्ड गरेर हेरे। मैले यो काम यति गरें कि मेरो पारा देखेर मेरो बचचा र पत्नी हुनुसम्मको दिक्क भए । टिकटक पनि बनाएँ, यसका लागि छोराको सहयोग माग्थे, ऊ यत्ति दिक्क भयो कि ‘ओ ड्याड कम अन ‘ भन्थ्यो। त्यो सम्मको अवस्था भयो। म फेरि गर्नुपर्छ भनेपछि लागिपरेको पर्‍यौ गर्ने मान्छे परें।फिल्ममा निर्मातासमेत हुनुहुन्छ, त्यसैले यसको सारा जसअपजस तपाईंमाथि आउनेवाला छ, त्यसका लागि तयार हुनुहुन्छ?

म सबै कुरा फेस गर्न तयार भएरै आएको हुँ । अब यसमा आउने भनेको युनिभर्सल कमेन्टहरु हुन्, तिनले मलाई खुशी नै दिन्छ । मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ। मैले त कुनै गल्ती गरेको नै छैन । यसमा म कार्यकारी निर्मातामात्र हो, निर्मातामा अरु साथीहरु हुनुहुन्छ । नाम देखिंदा म अगाडि छु, त्यस कारणले म जेजस्तो परिणाम आउँछ त्यसको सामना गर्न तयार छु।

‘चित्रा”को विषयवस्तु मनपरेको छ भनेर अघि भन्नुभयो, मनपरेको विषयवस्तु कति प्रतिशत पर्दामा रुपान्तरण भएको पाउनुभयो ?

मैले ६०-७० प्रतिशत रुपान्तरण भएको पाएको छु। निर्देशकको कोणबाट त निर्देशकले उचित जवाफ दिनुहुनेछ यसमा । फेरि मलाई यो पनि थाहा छ कि स्क्रिप्टको ३०-४० प्रतिशत निकाल्नसक्नु भयो भने पनि त्यो फिल्म सफल हुन्छ।

यो फिल्ममा सबैभन्दा बढि मनपरेको कुराचाँहि के हो?

यसमा मनपरेको कुरा एउटामात्र छैन, दुई चार वटा नै छन्। फ्यामिली ड्रामा, एक्सन, गीतसंगीत सबै नै मनपरेको छ।

कुन खाले दर्शकले यो फिल्मलाई मनपराउलान्?

यो सबैखाले दर्शक लक्षित पारिवारिक फिल्म हो। पारिवारिक कथाबस्तु त्यसमथि बाबुछोरीको कथा भएकाले यो वर्गविशेष भन्दा सबै दर्शकको रोजाइमा पर्ने फिल्म हो । अस्ति भर्खर हामीले १० वर्ष मुनीका बालबालिकालाई निशुल्क फिल्म देखाउने कुरा सार्वजनिक गरि नै सकेको कुराबाट पनि यो फिल्म सबै दर्शकका लागि हो भन्ने त छर्लङ्ग भइसक्यो।

फिल्ममा तपाईंलाई कुनै कुरा गर्दा गार्हो सजिलो के भयो?

 

त्यस्तो केही गार्हो त भएन । फाइट आदि कुराहरु पहिले नै पूर्वाअभ्यास प्रशस्त गरें। अब काम गर्दा भएको शारिरिक थकाइलाई त के गार्हो भयो भनेर भन्नु होला ।

आफू बाहेक फिल्ममा कस्को काम धेरै मनपर्‍यो?

म बाहेक यो फिल्ममा सबै प्रमाणित अभिनेताअभिनेत्रीहरु हुनुहुन्छ, यस्तोमा मैले मलाई को धेरै मनपर्‍यो भनेर मूल्यांकनसहित भन्ने मेरो क्षमता छैन्, बरु उहाँहरुलाई सोध्नुहोला म कस्तो अभिनेता निस्किए भनेर?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९