चितवन क्यान्सर अस्पतालका आवासीय भवनमा ३४ वटा कोठा खालि

चितवन। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता भई अस्पतालको स्थापना भएको थियो ।

 

वि.सं २०५७ सालमा गिरिजा प्रसाद कोइरालाबाट औपचारिक उद्धघाटन गरिएको क्यान्सर अस्पतालले २०६७ सालमा पहिलो सार्वजनिक सुनुवाई गरेको थियो । सामान्यतया वर्षमा तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम भएतापनि अस्पताल स्थापनाको ३२ वर्षपछि शुक्रबार दोस्रो पटक क्यान्सर अस्पतालले उक्त कार्यक्रम गरेको हो ।

 

गत भदौ १२ गते अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा शिवजी पौडेल नियुक्त भएका थिए । भ्रष्टाचार विरुद्ध अभियान चितवनले समन्वय तथा सहजीकरण गरेको उक्त कार्यक्रममा अस्पतालको नयाँ पदाधिकारी आएपश्चात पनि सेवाग्राहीले अपेक्षा गरेअनुरुपको प्रगती अस्पतालले गर्न नसक्दा सेवाग्राहीले असिमित गुनासा पोखे ।

 

कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियानकी सह–सचिव रिता कंडेलले अस्पतालमा सेवा लिन र सेवा लिएर फर्कदा सय जना व्यक्तिलाई प्रश्नावली भरेर तयार पारेको रिपोर्ट प्रस्तुत गरिन् । रिपोर्टमा उल्लेख भए अनुसार सय जनाले नै उपचारको क्रममा कम्तीमा एक घण्टा भन्दा बढि समय लाईनमा उभिनु परेको बताए । ८० प्रतिशत सेवाग्राही अस्पतालका कर्मचारी, डाक्टर र नर्सको व्यवहारप्रति र ७५ प्रतिशत विरामी अस्पतालले दिने सेवाप्रति असन्तुष्ट रहेकाे रिपोर्टमा उल्लेख छ । क्यान्सर अस्पतालले नि:शुल्क वितरण गर्ने औषधीको बारेमा ८० प्रतिशत सेवाग्राही जानकार छैनन् ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले अस्पतालका कर्मचारी र डाक्टरहरुको लागि भनेर बनाईएका आवासिय भवन अनाधिकृत व्यक्तिले कब्जा गरेको बताए । जलदेवी टोलका दिपक ढकालले अस्पताल भित्रकाे फार्मेसीमा बीमाको औषधी नपाएपछि अस्पताल बाहिरको फार्मेसीमा महङ्गोमा औषधी किन्न विरामी बाध्य भएकाे बताए । ‘अस्पतालको फार्मेसीमा औषधी नराखेर बाहिर पठाउने प्रचलनको अन्त्य हुनुपर्छ,’ उनले भने ।

 

सार्वजनिक सुनुवाईमा भरतपुर–४ बस्ने शालिकराम शर्माले अस्पतालभित्रै पाउनुपर्ने उपचारको लागि बाहिर धाउनुपर्ने समस्याको बारेमा प्रश्न गरेका थिए । भरतपुर–१० का हरि प्रसाल न्यौपानेले क्यान्टिनमा सुधार नभएको गुनासो पोखे । रवि लामिछानेका सिईओ हेमन्त बरालले अस्पतालको बारेमा जानकारी नभएका सेवाग्राहीलाई कठिनाई भएको गुनासो गरे । ‘सेवाग्राहीलाई सहज गराउन सामान्य जानकारी दिन सोधपुछ कक्ष हुनु आवश्यक छ , उनले भने ।

 

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सेवाग्राहीको सहज पहुँचको लागि प्रयत्न गरिरहेको बताए । ‘सहज र सरल उपचार गर्ने मान्यताका साथ अगाडि बढेका छौँ, उनले भने, ‘विवेकपूर्ण र न्यायोचित रुपमा अस्पताललाई चुस्त राख्न प्रयासरत छौँ ।’

 

निर्देशक पाैडेलले गुनासाकाे जवाफ दिँदै अस्पतालमा भएका आवासिय भवनमा ३४ वटा कोठा खालि भइसकेकोले आगामी हप्ता आवश्यकताका आधारमा कोठा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो सुनेपछि अस्पतालमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

 

कमिसनको पछि लाग्ने कर्मचारीलाई अस्पताल छाडेर जाने वातावरण बनाउने उनले प्रतिबद्दता व्यक्त गरे । पेट्रोल, होटल र मदिराको बिल अस्पतालले भुक्तानी गरेको भन्ने सन्दर्भमा जवाफ दिँदै डा पौडेलले भने, ‘अनियमितता हामीबाट हुँदैन, अनियमितता जुन दिन हुन्छ त्यो दिन म अस्पतालमा बस्न लायक हुन्न ।’

 

नागरिक रिपोर्टबारे डा पौडलले भने, ‘रिपोर्ट कार्ड यसपटक फेल भयो, फाइनलमा डिस्टिङ्सन ल्याएर तपाईहरुलाई देखाउँछौ ।’ कार्यक्रममा क्यान्सर अस्पतालमा वेथितीका समस्याहरु गुनासो पोखिएका थिए । यद्यपी केहि सुधारका कार्यक्रम भएको डा पौडेलले जानकारी दिए ।

 

अस्पतालमा नागरिक वडापत्र, गुनासो पेटिका, अपरेसन थेयटरबाहिर पिउने पानी तथा बस्ने स्थानको व्यवस्थापन, अस्पतालका विभिन्न स्थानमा चार्जिङ स्टेशनको व्यवस्था, कार्डियोलोजी सेवाको सुरुवात, अस्पताल फार्मेसिमा अधिकांश औषधी उपलब्ध र रोकिएको पदपूर्ती कार्य गरिएको डा पौडेलले बताए । ‘राजश्व उपशाखामा बिरामीहरुलाई पेपर फोटोकपि कम गरि छिटो सेवा प्रवाहका लागि स्क्यानरको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘चिनिया सरकारको सहयोगमा बन्ने ‘बोन म्यारो ट्रान्स्प्लाण्ट सेन्टर’का लागि प्रारम्भिक अध्ययन समेत सुरु भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९