कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण

भक्तपुर । सन् २०१० मै नेपाल कुष्ठरोग उन्मुलन देश बन्न सफल भएको थियो । तर कुष्ठरोग उन्मूलन भएको देश घोषणा भएको यति धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म पनि कुष्ठरोगीहरुमाथि विभेद हुने गरिएको एक कार्यक्रममा बताइयो । यही कारण अहिले पनि कुष्ठरोगीहरु खुलेर नआउने गरेको र उनीहरु लुकाएरै उपचारमा रहने गरेको जनाइएको हो । कुष्ठरोग भनेको पूर्वजन्ममा भएको पापका कारण लाग्ने भन्ने अन्धविश्वासलाई अहिलेसम्म चिर्न नसक्दा समाजमा अझैसम्म पनि विभेद रहेको बताइयो । ७१औं विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले यहाँं गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरकी जनस्वास्थ्य प्रमुख अस्मिता ओझाले यही कारण यो वर्षको नारा कुष्ठरोग सम्वन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने राखिएको बताइन् । ‘अझैसम्म पनि हामीले कुष्ठरोग भनेको पापका कारण लाग्ने होइन भन्ने अन्धविश्वास हटाउन सकेका छैनौं, कार्यालय प्रमुख औझाले भनिन्, ‘यही कारण अहिले पनि कति कुष्ठरोगीहरु उपचार नै नगरी रोग नै लुकाएर बसेका पनि होलान् ।’

 

जिल्लामा तीनजना कुष्ठरोगीहरु रहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो । तीमध्ये दुईजना भक्तपुर नगरपालिका क्षेत्रमा र एकजना मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको तथ्यांक कार्यक्रममा पेस गरियो । जिल्लामा भक्तपुर र मध्यपुरसहित सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु रहेका छन् । भक्तपुर  गाउँंपालिकाविहीन जिल्लो हो ।   कार्यक्रममा सहभागी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती कुष्ठरोगीहरु अन्धविश्वासकै कारण अहिले भक्तपुरमा नचिनिएको सुनाए । उनीहरु स्थानीय नभएको पनि उनले बताए । उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए । खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए । यस अर्थमा भक्तपुर कुष्ठरोगीविहीन जिल्ला भएको उनको भनाई थियो । वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ डा रमेश शर्माका अनुसार छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु (नशा) सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू हुन् ।

 

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेशीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा, कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ ।कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्ने जनाइएको छ । उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन । नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मुलन चुनौतीपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । प्रति दस हजारमा एकजना मात्रै कुष्ठरोगी भएमा त्यो देश पूर्ण उन्मूलन देश मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९