रौतहटमा स्वास्थ्य बीमा गरेकाले निशुल्क औषधी नपाएको गुनासो

 

रौतहट। जिल्लामा स्वास्थ्य बीमा गरेकाहरूले राम्रोसँग स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन्।स्वास्थ्य बीमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने बताएको भए पनि पछिल्लो समय औषधिहरु पाउन छाडेको उनीहरूले गुनासो गरेका छन्।चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य विभाग गराएका सर्वसाधारणले सरकारी अस्पतालबाट तोकिएको औषधि नपाएको गुनासो गरेका छन्।

 

 

स्वास्थ्य बीमा गरेकाहरूलाई सरकारले विभिन्न प्रकारका औषधि तथा विभिन्न प्रकारको चेकजाँचमा विशेष छुट दिँदै आएको छ। स्वास्थ्य बीमा गरेकाहरूले केन्द्रीय अस्पताल तथा अन्य ठूला सरकारी अस्पतालमा रेफर लेख्ने र त्यहाँबाट लिखाएको औषधि चन्द्रनिगापुर स्थित सरकारी अस्पतालमा माग्ने गरेका कारण समस्या परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

 

 

जहाँ लेखिदियो त्यहीबाट औषधि लिनुपर्ने भए पनि सर्वसाधारणले बाहिर गएर औषधि लेखाएर चन्द्रनिगापुरस्थित सरकारी अस्पतालबाट औषधि माग गर्ने गरेका कारण समस्या भएको डाक्टर अभिनन्दन श्रीवास्तवको भनाइ रहेको छ। तर स्वास्थ्य बीमा गरेका सर्वसाधारणहरूले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालले औषधि बाहिरबाट किन्नु भन्दै पठाउने गरेको गुनासो गरेका छन्।

 

 

चन्द्रनिगापुर स्थित सरकारी अस्पतालबाट स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई एक्सरे गर्न समेत समस्या परेको र एक्सरे गर्न समेत बाहिर जानु भन्दै पठाउने गरेको उनीहरूको गुनासो रहेको छ। चन्द्रनिगापुरमा रहेको सरकारी अस्पतालमा रहेको एक्सरे मेसिनले एक दिनमा १० वटा मात्र एक्सरे गर्ने भएका कारण आफूहरुले बाध्य भएर स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई निजी स्वास्थ्य केन्द्रमा पठाउनुभएको एक स्वास्थ्यकर्मीले बताए।

 

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य बीमा गरेका स्थानीय बासिन्दा पुष्पलाल तिमल्सिनाले चन्द्रनिगापुरस्थित सरकारी अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीलाई समेत औषधि बाहिर किन्नु भन्दै लेखेर पठाउने गरेको गुनासो गरेका छन्।

 

 

सरकारले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बताउँदै आएको भएपनि रौतहट जिल्लामा स्वास्थ्य बीमा गरेका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधि पाउन सकेका छैनन्। रौतहटका स्वास्थ्य संस्थामा स्थानीय पालिकाहरूले औषधि समयमा नकिनेर दिएका कारण समेत सर्वसाधारणले समयमा औषधि पाउन नसकेको गुनासो बढ्दै जान थालेको छ।जिल्लाको वृन्दावन नगरपालिकामा विगत लामो समयदेखि पालिकाले औषधि खरिद गरेर नदिएका कारण सो स्थानका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधि समेत पाउन छाडेका छन्।

 

 

सरकारले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै लैजाने भन्दै विभिन्न कार्यक्रम ल्याएको भए पनि रौतहटमा स्वास्थ्य बीमा गरेकाहरूले नै औषधि निःशुल्क रुपमा पाउन नसकेको स्थानीय बासिन्दा अचुत हुमागाईको भनाइ रहेको छ। सरकारले स्वास्थ्य बीमा गरेकाहरूलाई समस्यामा पारेको हुमागाएको भनाइ रहेको छ।स्वास्थ्य बीमा गरेकाहरूलाई सरकारले निःशुल्क रुपमा औषधि तथा उपचार गर्ने भनेको भएपनि पछिल्लो समय रौतहट जिल्लामा स्वास्थ्य बीमा गरेकाहरूलाई नै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि समेत पाउन छाडेको हुमगाइले गुनासो गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९