महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

दोधारा चाँदनी (कञ्चनपुर)।   भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्रनगर आउन थालेका छन् ।

 

अस्पतालका अनुसार भारतको उत्तराखण्ड र उत्तर प्रदेशका नागरिक आँखा परीक्षण तथा अन्य नेत्रसम्बन्धी उपचार सेवा लिन यहाँ आउने गरेका छन् । सस्तो र गुणस्तरीय उपचार सेवाका कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

 

 

“यहाँ अत्याधुनिक मेसिनबाट आँखा जाँच हुनुका साथै शल्यक्रियासमेत हुने गरेको छ”, नेत्र अधिकृत धामीले भन्नुभयो, “उपचारका लागि नेपाली मात्र नभएर छिमेकी मुलुक भारतीय नागरिकसमेत आउने गरेका छन् ।” उहाँका अनुसार गत आर्थिक वर्षमा २४ हजार ७८० जनामा आँखासम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो ।

 

 

जसमा एक हजार ६६७ जना भारतीय नागरिकले सेवा लिएका छन् । अस्पताले छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरेको गरिएको छ । विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा स्तरोन्नति गरिएको थियो ।

 

 

त्यसपछि अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालका अनुसार आव २०७७/७८ मा यहाँ १८ हजार ८१० जनाले उपचार सेवा लिएका छन् । आव २०७८/७९ मा २३ हजार ८२६, आव २०७९/८० मा २३ हजार २१३, आव २०८०/८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।

 

 

 

अस्पतालमा मोतियाविन्दुको समस्याका बिरामी र चश्मा लगाउने बिरामी धेरै आउने गरेको नेत्र अधिकृत धामीले बताउनुभयो । “पैतालीस वर्ष उमेर पुगेपछि धेरैलाई मोतियाविन्दुको समस्या हुने गरेको छ”, धामीले भन्नुभयो, “चोटपटक, गलत औषधि प्रयोगका कारण र कहिलेकाहीँ जन्मजातका कारण पनि मोतियाविन्दुको समस्या देखिन्छ ।

 

 

मोतियाविन्दु, आँखामा मासु पलाएकाजस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ ।” “साताको शनिबार शल्यक्रिया गर्छौँ अन्य समयमा ओपिडी सेवा सञ्चालन हुन्छ । आँखा उपचारका लागि दैनिक एक–डेढ सय जना बिरामी आउने गरेका छन्”, धामीले भन्नुभयो । अस्पतालले हरेक वर्ष समुदायस्तरमा शिविरमार्फत पनि सेवा दिँदै आएको छ ।

 

 

गत आवमा विद्यालयमा सञ्चालित छवटा शिविरबाट एक हजार ९१३ विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ६७ जना विद्यार्थीलाई समस्या देखिएकामा तीमध्ये ४७ जनालाई अस्पतालले चश्मा वितरण गरेको थियो । समुदायमा गरिएको आँखा जाँच शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए । जसमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको नेत्र अधिकृत धामीले बताउनुभयो । अस्पतालले आँखाको समस्या न्यूनीकरणका लागि स्वयंसेवक, हेल्थ पोष्ट इन्चार्जलाई समेत तालिम दिँदै आएको छ ।

 

 

“आँखाको समस्या देखिएमा तुरुन्तै हाम्रो यहाँ पठाउनुहोला भनेर हेल्थ पोष्टका इन्र्चाज र स्वयसेवकलाई हरेक वर्ष तालिम दिने गरेका छौँ”, धामीले भन्नुभयो, “हाम्रो उद्देश्य सस्तो, गुणस्तरीय उपचार सेवा समयमै दिनु हो ।” शल्यक्रियाका लागि थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रिया यहाँ सम्भव भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९