पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात पाँच लाख ४७ हजार ३११ जनालाई खुवाइएको छ । ‘‘अझै १६ प्रतिशत लक्षित समूह हैजा विरुद्धको औषधी खानबाट छुटेका छन् । उनीहरुलाई पनि छठ पर्व लगत्तै फेरि खुवाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको तथ्याङ्क हेर्दा हैजाविरुद्धको औषधी ख्वाउने (खोप) अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।’’
स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत हैजा विरुद्धको औषधी खुवाइएको छ । त्यस्तै गरी जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी खाएका छन् । त्यसैगरी सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी लिएका छन् ।
त्यसैगरी छिपरमाई गाउँपालिका ९३ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले हैजा विरुद्धको औषधी लिएका छन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्धको खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउनुभयो ।
‘‘हामीले खोप केन्द्रहरुको नियमित अनुगमन र निरीक्षण गर्दै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धान भित्र्याउने समय र चाडपर्वको समय भएकाले पनि खोप अभियानको समय थपेर भएपनि अघि बढाउन निर्देश गर्दछु ।’’ जनस्वास्थ्य अधिकृत ठाकुरले हैजा महामारी विरुद्धको खोप पर्सा जिल्लाका एक वर्ष उमेर माथिका सबैलाई खुवाउन अनुरोध गर्नुभयो । ‘‘मुखबाट खुवाइने खोप भएकाले सुरक्षित र भरपर्दाे भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गर्दछौँ’,’ उहाँले भन्नुभयो । यो खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । यो खोपको औषधी एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधी दिन सकिने जनाइएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर,  टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम,  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९