भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो ।

 

नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यबाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।

 

“ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो,“अभियानअन्तर्गत वडास्तरसम्म पुगेर आँखा परीक्षण गरिनेछ । सामान्य समस्या भएका नागरिकलाई निःशुल्क चस्मा र औषधि वितरण गरिनेछ भने यहाँ उपचार सम्भव नहुने बिरामीलाई विराटनगर आँखा अस्पतालमा रेफर गरिनेछ ।”हाल सञ्चालनमा रहेको अभियानमार्फत सबै स्थानीय तहका ४० वर्षमाथिका नागरिक तथा सबै विद्यालयका बालबालिकाको आँखाको परीक्षण, खोजी र आवश्यक उपचार गरिने अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

 

भोजपुर आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङका अनुसार परीक्षणका क्रममा फेला परेका बिरामीलाई भौगोलिक पहुँचका आधारमा उपचारको व्यवस्था मिलाइएको छ । सदरमुकाम आसपासका नागरिकलाई भोजपुर आँखा तथा कान उपचार केन्द्र, दक्षिणी क्षेत्रका नागरिकलाई हतुवागढी, उत्तरी क्षेत्रका नागरिकलाई दिङ्ला र पूर्वी क्षेत्रका नागरिकलाई अरुण गाउँपालिकामा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिनेछ । “अभियानअन्तर्गत आँखासम्बन्धी रोगको पहिचान, उपचारसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ,” प्रमुख तामाङले भन्नुभयो, “जिल्लाभित्र चारवटा आँखा उपचार केन्द्रलाई रेफरल सेन्टरका रूपमा तोकिएको छ । शल्यक्रिया आवश्यक परेमा पायक पर्ने स्थानमै शिविर आयोजना गरेर सेवा दिने लक्ष्य राखेका छौँ ।”

 

अभियानमार्फत शिक्षक, विद्यार्थी तथा स्वास्थ्य स्वयंसेविकालाई आँखाको रोग, रोकथाम तथा बच्ने उपायका विषयमा आवश्यक ज्ञान प्रदान गरिने लाहान आँखा तथा कान उपचार प्रणालीका कार्यक्रम संयोजक सुरक्षा पौडेलले जानकारी दिनुभयो ।  लक्षित वर्गको कार्यक्रम सम्पन्न भएपछि श्रमिक वर्गलाई पनि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । पूर्ण दृष्टिविहीन व्यक्तिहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने योजनासमेत रहेको छ ।

 

विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले आँखा उपचार सेवा घरदैलोमै पु¥याएर नागरिकलाई सहज सेवा दिने लक्ष्यसहित अभियानलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियानका क्रममा फेला परेका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार सेवा गरिनेछ । आर्थिक रूपमा अत्यन्तै कमजोर नागरिकका लागि आवश्यकताअनुसार उपचार स्थलसम्म पुग्ने यातायात व्यवस्थासमेत मिलाइने जनाएको छ ।

 

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगका सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

 

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पु¥याएको छ ।

 

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । राष्ट्रिय समाचार समिति(रासस)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९