चिकित्सकको सुझाव छ ‘एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नुहुन्न’

विराटनगर,कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन भन्ने सोचेकै थिइनन् ।

 

अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भन्नुभयो,“सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाया, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्तिनै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ ।”

त्यस्तैगरी सोही अस्पतालको ओपिडीमै भेटिएका २१ वर्षीय युमेस गिरी औषधि पसलेले चिसोको कारणले दुखेको भनि दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताउँनुहुन्छ ।

 

उहाँ भन्नुहुन्छ,“बिहान उठ्दा धाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल पसलेको सल्लाहमा २–३ वटा पेनकिलर खाए पनि ठीक भएन र यहाँ जचाउन आउदा थाहा भयो, इन्फेक्सन भइसकेको पो रहेछ ।”

 

सामान्यतया घाँटी दुख्ने वित्तिकै औषधि पसलमा गएर पेनकिलर, एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि सङ्क्रमणको अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेका कोशी अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञ डा रौनक दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “के कारणले घाँटी दुखेको हो, सङ्क्रमण हो या होइन, यदि सङ्क्रमण भएमा कुन अवस्थामा छ ? कुन औषधि कति मात्रामा सेवन गर्नेजस्ता विषयमा ध्यान नदिइ जथाभावी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्य निकै बिग्रदै गएको छ  ।”

के कारणले हुन्छ घाँटीको सङ्क्रमण

डा दाहाल घाँटीको सङ्क्रमण एउटै कारणले मात्र नहुने बताउनुहुन्छ । उहाँका अनुसार प्रायजसो चिसोको कारणले घाँटीमा सङ्क्रमण हुने गर्दछ । यसबाहेक लामो समयसम्म फ्रिजमा राखिएका खानेकुरा, धूमपान, चिसो मौसम, धुवाँधुलो, प्रदूषित वातावरणजस्ता विभिन्न कारणले घाँटीको सङ्क्रमण गराउने गर्दछ । धुवाँधुलो साथै प्रदूषणयुक्त वातावरणमा रहने मानिसले सास फेर्नेक्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरिया प्रवेश भई विस्तारै घाँटीमा सङ्क्रमण गराउने गर्दछन् ।
यसले गर्दा विस्तारै घाँटीमा अप्ठ्यारोपन आउने, दुखाइ अनुभव हुने, निल्न गाह्रो हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछन् ।

घाँटीमा भाइरल वा ब्याक्टेरियाको प्रवेश भई त्यसले सङ्क्रमण गराउँछछ । सामान्यतया भाइरल सङ्क्रमण हुँदा दुखाइसँगै घाँटीमा रातोरातो देखिने गर्दछ,भने ब्याक्टेरियाको कारणले भएको सङ्क्रमणले घाँटीमा सेतो पीप देखिने गर्दछ । घाँटीको सङ्क्रमणमा केही खास ब्याक्टेरिया जिम्मेवार रहने गर्दछ ।

‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया अन्य ब्याक्टेरियाको तुलनामा घाँटीको सङ्क्रमण गराउन सक्रिय रहने गर्दछ । जस्ले गर्दा घाँटीमा अप्ठ्यारो महसुस हुने, यताउती गर्न पनि निकै कठिन हुने, अत्यधिक दुखाइ महसुस हुने, ज्वरो आउने, घाँटीभित्र रातो हुने गर्दछ । त्यसका साथै टन्सिलाइटिस हुने कहिलेकाहीँ घाँटीबाट पीप निस्कने, घाँटीमै पीप जम्ने, निल्न गाह्रो हुने, बोल्न कठिन हुने जस्ता लक्षण देखा पर्दछन् । सामान्य अवस्थामै उपचार गरे तत्काल निको हुने समस्यालाई हेलचेक्र्याइ गरेमा त्यसको नतिजा गम्भीर आउनसक्ने भएकाले यस्ता लक्षण देखापर्नासाथ तुरुन्त उपचार गराइहाल्नुपर्छ ।

 

एन्टिबायोटिक र पेनकिलरको दुरुपयोग

अधिकांश मानिसहरू सामान्य घाँटी दुखाइ महसुस हुनासाथ चिकित्सकको परामर्शबिना औषधि पसलेबाट किनेर एन्टिबायोटिकसाथै पेनकिलरजस्ता औषधि सेवन गर्ने गर्दछन् । यसरी जथाभावी यस्ता औषधि सेवा गर्नाले हाल एन्टिबायोटिक तथा दुखाइकम गर्नेजस्ता औषधिको अत्यधिक दुरुपयोग भइरहेको डा दाहाल बताउनुहुन्छ । उहाँका अनुसार घाँटी दुख्नासाथ एन्टिबायोटिक तथा पनेकिलरको प्रयोग गर्नु उचित हुँदैन ।

 

 

कहिलेकाही कहिलेकाहीँ हड्डी आएको समस्याले पनि घाँटी दुख्ने गर्दछ । यस्तो अवस्थामा के कारणले घाँटी दुखेको?, घाँटीको सङ्क्रमण भएमा कुन अवस्थामा छ?, कस्तो औषधि सेवन गर्नेजस्ता जानकारीबिना आपूmखुसी पेनकिलर, एन्टिबायोटिक औषधिको सेवन गर्नाले मुटु, मिर्गौला, कलेजो लगायतका संवेदनशील अङ्हरूलाई असर पुगी नियमित कार्य गर्न सक्दैनन् । त्यसैले चिकित्सकको परामर्शबिना आपूmखुसी यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुदैन ।

 

कतिपय बिरामीहरूले चिकित्सकले दिएको एन्टिबायोटिक औषधिसमेत नियमपूर्वक सेवन गरेका हुदैनन् । औषधि सेवन गर्ने क्रममा आराम महसुस हुनासाथ बढी औषधि किन सेवन गर्ने भन्ने ठानी आपूmखुसी औषधि सेवनमा रोक लगाउने गर्दछन् । ब्याक्टेरिया तथा भाइरसलाई पूर्णरूपमा मार्न सेवन गरिने त्यस्ता औषधि मात्रा पूरा नगरी छोड्नाले फेरि सक्रिय भई सङ्ज्ञक्रमण गर्नसक्ने भएकाले एन्टिबायोटिकको पूरा मात्रा सेवन गर्नुपर्दछ ।

 

घाँटीको सङ्क्रमणले निम्त्याउने खतरा घाँटीको सङ्क्रमण भएको समयमा यसलाई हेलाचेक्र्याइ गरेको खण्डमा यसले निकै खतरा निम्त्याउने भएकाले समयमै उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

 

घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, घाँटीभित्र रातो देखिने, टन्सिलाइटिस हुनेजस्ता लक्षण घाँटीकाङ्क्रमण हुन् । यस्ता कुनै लक्षण देखापरेमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जचाइहाल्नुपर्छ । समयमै उपचार नभएमा बारम्बार टन्सिलाइटिस भई पीप जम्ने, रगतको माध्यमबाट सङ्क्रमणका जिवाणु मुटुको भल्वमा पुगेर भल्वलाई बन्द गरी भल्व फेर्नुपर्ने अवस्थासमेत आउनसक्छ । घाँटीमा पीप जमेर बसिरहँदा शल्यक्रिया गरेर जम्मा भएको पीपलाई निकाल्नुपर्ने हुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर,  टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम,  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९