जुनकिरी नेपाल र विद्यार्थी द्वारा बौनियाँ बजारमा सरसफाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपाल र विभिन्न विद्यालयका विद्यार्थी द्वारा बौनिया बजारमा सरसफाई गरेको छ । विश्व वातावरण दिवसको अवसरमा बौनियाँ बजारमा सरसफाई गरेको हो ।

 

 

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्व भरि मनाइन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाइँदै आएको छ ।

 

‘स्वच्छ सहर, स्वच्छ गाउँ, सबै फोहोर हटाऔं’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको जुनकिरी नेपालकी अध्यक्ष अपेक्षा रोकायाले वैज्ञानिक मिडियालाई बताइन् । सरसफाई कार्यक्रममा बर्दगोरिया २, मा रहेको नव वालवाटिका, माईकी मिडियम र मार्गदर्शन एकेडेमीका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

 

जुनकिरी नेपालले युवाको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि क्रियाकलाप गर्दै आएको छ । लामो समय देखि गाउँपालिकाका विभिन्न ठाउँहरूमा जुनकिरी नेपालले मठ मन्दिर, सडक,सार्वजनिक स्थल, खेलकुद फिल्ड लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?