मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताउनुभएको छ ।तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौँमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उहाँले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “तनाव, बेचैनी, एक्लोपन र आफ्नो भावना अभिव्यक्त गर्ने उपयुक्त वातावरण नहुँदा मानिसहरूमा आत्मविश्वास घट्दै गएको छ । आत्मविश्वास नभएपछि जुनसुकै गलत कदम उठाउने जोखिम हुन्छ”, उहाँले भन्नुभयो,“त्यसैकारण सकारात्मक सोचको वृद्धि गर्न सबैको भूमिका अपरिहार्य छ । सरकारले आफू मातहतका निकाय, अस्पतालमार्फत सरल र सहज सेवा प्रवाह, नीतिगत सुधारमार्फत काम गर्न खोजिरहेको छ । अरु सरोकार भएकाहरुले पनि यस विषयलाई गम्भिरतापूर्वक लिएर काम गर्न आवश्यक छ ।”

मन्त्री डा गौतमले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवस्थापकीय र नीतिगत सुधारको काममा लागिरहेको उल्लेख गर्नुभयो । त्यसका लागि मातहतका स्वास्थ्य संस्थामा मनोपरामर्श सहायता कक्ष, ‘टेलिभेडिसिन’ सेवामार्फत विदेशमा रहेका श्रमिकहरूलाई पनि परामर्श दिने र स्वास्थ्य नीतिअनुसारका काम तथा सुधारमा आफू लागिरहेको उहाँले जानकारी दिनुभयो ।

“नेपालमा पछिल्लो समय थुप्रै मनोपरामर्श सेवा दिने व्यक्ति तथा संस्थाहरू छन् । विभिन्न शैक्षिक संस्थाले दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छन्, तर पर्याप्त दरबन्दी नभएकाले तिनको उपयोग गर्न सकिएको छैन । त्यसैले जनशक्ति व्यवस्थापन, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत सचेतनामूलक सामग्रीको व्यापक प्रचार र मानसिक स्वास्थ्यमा सबैको समान र सहज पहुँच बिस्तारमा दीर्घकालीन नीतिगत काममा लागिरहेका छौँ”, मन्त्री डा गौतमले भन्नुभयो ।

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा पुष्पराज शर्मा, मनोपरामर्शदाता सुनिता श्रेष्ठलगायतले सामुदायिक मानसिक स्वास्थ्यबारे आफ्नो धारणा राख्नुभएको थियो । दुई दिनसम्म हुने सम्मेलनमा मानसिक स्वास्थ्य समस्याका कारण, चुनौती, उपचारको अवस्था र समाधानबारे बृहत्त् छलफल हुने जनाइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९