महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो ।

महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने बाध्यता हुँदा पनि जोशीले एसएलसी पास गर्नुभयो । जब जोशी सरकारी शिक्षिकका रुपमा गाउँकै विद्यालयमा जागिर सुरु गर्नुभयो, गाउँमा महिनावारीप्रतिको सोचमा परिवर्तन आउन थालेको हो ।

 

जयपृथ्वी नगरपालिका–१० का स्थानीयले छोरीलाई पनि विद्यालय पठाउन थाले । जोशी त्यो बेलाको समय सम्झदै भन्नुहुन्छ, “हामीले स्थानीय तहमा मात्रै नभई जिल्लाभर नै महिनावारीलाई लिएर हुने तिरस्कारका विरुद्ध अभियान चलाएका थियौँ ।”

 

जोशीसहितको टोलीले जिल्लाका हरेक समुदायसमक्ष पुगेर महिनावारीका विषयमा सकारात्मक अभियान चलाएको तीन दशक भइसकेको छ । यस अवधिमा सरकारले कैयौँ पटक सोसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन ग¥यो । गाउँमा महिला, किशोर, किशोरी, बुहारी, सासूलगायत थुप्रै समूहमार्फत अभियान पनि चल्यो । तर, अझै पनि महिनावारी हुँदा अमानवीय व्यवहार खेपिरहनु परिरहेको छ ।

 

“महिनावारीका नाममा हुने विभेद निजी आवासमा, समुदायमा मात्रै होइन, सार्वजनिक ठाउँमा पनि भइरहन्छ,” खप्तडछान्ना गाउँपालिका–२ लामातोलाकी लक्ष्मी रावलले भन्नुभयो, “सार्वजनिकस्थलमै विभेद खेप्नुपरेका कैयौँ घटना छन् । विगतभन्दा तुलनामा केही सुधार देखिए पनि समस्या अझै पनि छ ।”

 

बझाङको एक–दुई ठाउँमा मात्रै होइन, जिल्लाभर नै महिनावारीका नाममा विभेद हुने गरेको देखिन्छ । गाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नेहरू पनि विभेदको सिकार भएका छन् । “आफूले धेरै ठाउँमा मर्यादित महिनावारी हुनुपर्छ भनेर अभियान नै चलाइयो, तर हामीहरु नै पीडित भएका घटना छन्”, कांग्रेसकी नेत्री शान्ति बोहरा पुजाराले भन्नुभयो ।

 

महिनावारीका नाममा हुने विभेद हटाउन गाउँका गोठ भत्काए पनि मानसिक रूपमै चेतना विकास हुन नसकेको केदारस्यूँ गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीको बुझाइ छ । उहाँले भन्नुभयो, “महिनावारीको समयको विभेद भनेको गोठमा बस्नुपर्ने कुरालाई मात्रै बुझेका छन् । त्यो मात्रै होइन, यसका चरणहरू हर्ने हो भने पितृसत्तात्मक सोचबाट नै विकास भएको देखिन्छ ।”

 

डेढ सय गोठ भत्काइए
बझाङमा महिनावारी हुँदा बस्नका लागि बनाइएका गोठहरु भत्काइएका पनि छन् । विसं २०७६ पुसदेखि फागुनसम्म अभियान नै चलाएर १४२ वटा गोठ भत्काइएको जिल्ला प्रशासन कार्यालय बझाङको भनाइ छ ।

 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सबैभन्दा बढी जयपृथ्वी नगरपालिकाको नौरामा ३२ वटा गोठ भत्काइएका थिए । नगरपालिकाभर नै ७५ वटा भत्काएको थियो । सोही वर्ष पुस २१ गते मात्रै अदुकाली र सेलाखेतमा तीन÷तीन र धामीलेकमा १३ वटा गरी १९ वटा भत्काइएको थियो ।

 

“महिनावारी गोठ भत्काउने अभियान राष्ट्रव्यापी जस्तै थियो,” जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर नन्दबहादुर धामीले भन्नुभयो, “त्यो बेलामा हामी भत्काउँदै गयौँ । गाउँलेहरू फेरि बनाउँदै गए । दोस्रो वर्ष त भत्काएका संरचना अधिकांश संरचना पुनर्निर्माण भए ।”

 

साइपाल गाउँपालिका–४ का वडाध्यक्ष जयसिं रोकायाका अनुसार पहिले सामूहिक रुपमा निर्माण भएका गोठ भत्काएपछि प्रत्येक घरमा गोठ निर्माण भएको बताउनुभयो । कतिपयले त राज्यले दिएको सामाजिक सुरक्षाभत्ताको रकम लगानी गरेर पनि महिनावारी गोठ निर्माण गरेको उहाँको अनुभव छ ।

 

तलकोट गाउँपालिकाकी शर्मिला विष्ट पहिलेको तुलनामा समाजिक मानसिकता केही फेरिए पनि विभेद भने अझै नहटेको बताउनुभयो । उहाँले भन्नुभयो, “उचित शिक्षा र चेतनाको कमीले दुर्गममा महिनावारी हुने व्यक्तिहरूको अवस्था पीडादायी हुने गरेको छ ।”

 

अभियन्ता डा राधा पौडेलका अनुसार यो विभेद नेपालमा मात्रै नभएर अन्य देशमा पनि हुने गरेको छ । “ठाउँअनुसार विभेदका प्रकार पनि फरक छन्, कतिपय ठाउँमा पर्याप्त खाना नदिने र कतिपय ठाउँमा सहज बास नदिने समस्या छ”, उहाँले भन्नुभयो ।

 

महिनावारीलाई अशुद्धता र लाजसँग जोड्ने गलत सोचले बालविवाहलाई प्रोत्साहन गरेको उहाँको भनाइ छ । महिनावारीलाई मर्यादित बनाउन तल्लो तहसम्म पनि विभिन्न सङ्घसंस्था क्रियाशील छन् । लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएको गरिमा परियोजनाले केही हदमा विभेदमा कमी आएको बताएको छ ।

 

बझाङको खप्तडछान्ना गाउँपालिकाका दुई वडा र बाजुराको खप्तडछेडेदह गाउँपालिकाका दुई वडामा पाँच वर्ष काम गर्दा महिनावारीका नाममा हुने विभेद केही हदसम्म कम भएको परियोजना संयोजक विक्रम जोशीले बताउनुभयो । उहाँले महिनावारी विभेदकै कारण जिल्लामा विभिन्न कुरीतिजन्य घटनाहरू पनि बढेको उल्लेख गर्नुभयो । बालविवाह, गर्भपतन, घरेलु हिंसाका विभिन्न घटना पनि महिनावारी विभेदबाटै सुरु भएको उहाँको भनाइ छ ।

 

विसं २०७८ को जनगणनाअनुसार बझाङमा १५ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरू पाँच प्रतिशत छन् । सुर्मा गाउँपालिकामा यो सङ्ख्या ८३ प्रतिशत छ । साथै  साइपाल गाउँपालिकामा ७६ प्रतिशतले किशोरकिशोरीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिनिधिसभा निर्वाचन ः एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर(रौतहट),  आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।   विसं २०७९...

जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौँ,  गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।     आज ३३७ कम्पनीको...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ,  घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।     अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती...

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौँ, १४ पुसः कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९