निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

धुलिखेल,  काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

 

शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो । साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो ।

 

त्यसैगरी, विशेषज्ञ चिकित्सकहरूबाट सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग, क्षयरोग पहिचानका लागि छातीको एक्स–रे, स्वास्थ्य शिक्षासम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । नसर्ने रोगको पहिचानका लागि रक्तचाप मापन, निःशुल्क परिवार नियोजन सेवा, पाठेघर खस्ने समस्या जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको सम्भावना भएका महिलाको परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण सेवा पनि उपलब्ध गराइएको प्रमुख विष्टले बताउनुभयो । शिविरमा दाँत परीक्षण १६८ जनाले र आँखा परीक्षण ३०० जनाले गराएका थिए ।

 

यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्वास्थ्य सेवा लिन भकुण्डे, धुलिखेल वा बनेपा पुग्नुपर्ने अवस्था अन्त्य गर्न गाउँमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो ।

 

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा अस्पताल नभएको अवस्थामा अस्पतालकै सेवा दिने उद्देश्यले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस वर्ष घर्तिछापमा आयोजना गरिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि हाल अस्पताल भवन निर्माणको काम भइरहेको र आगामी दिनमा गाउँमै अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित पालिका अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपतीले विद्यालयमा अध्ययनरत बालबालिका तथा वयस्क नागरिकका लागि परिवार नियोजन, स्त्री रोग तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गरिएको बताउनुभयो । शिविरमा मेथिनकोट अस्पताल नौविसे भकुण्डे, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, सिन्धुली अस्पताल सिन्धुली, ख्वप अस्पताल भक्तपुर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञहरुले सेवा प्रदान गरेका थिए । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९