कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।

 

नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला पन्त भने दुग्ध व्यवसायमा जम्नुभएको छ । रिडीमा ‘गौरव दूध डेरी’ बाट व्यवसाय सञ्चालन गर्नुभएका उहाँले दूध सङ्कलन, दूधबाट बन्ने परिकार छुर्पी, पनिर, दही, कुराउनी, छुर्पी, घ्यूलगायतका परिकार बनाएर बिक्री गर्नुहुन्छ ।

 

उहाँको डेरीमा दैनिक औषतमा एक हजार १०० लिटर दूध जम्मा हुन्छ । त्यसमा ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउने गर्दछ भने बाँकी दूध सत्यवती र तानसेनबाट आउने गर्दछ । उहाँले गाई र भैँसीको दूध सङ्कलन गर्नुहुन्छ । दूध खरिद गरेबापत उहाँले दैनिक रु ७५ देखि ८० हजारअर्थात् मासिक रु २१ लाख किसानलाई भुक्तानी दिनुहुन्छ । दूधको गुणस्तरअनुसार किसानलाई रकम प्रदान गर्ने पन्त बताउनुहुन्छ ।

 

किसानबाट सङ्कलन गरिएको दूध उहाँले स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्नुहुन्छ । बाँकी रहेको दूधलाई दही, पनिर, छुर्पीलगायतका परिकार बनाएर सदुपयोग गर्नुहुन्छ । गत वर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गर्नुभएको थियो । संस्थानले विभिन्न परिकार बनाउनको लागि दूध खरिद गर्दछ ।

 

दूधपछि बढी मात्रामा दही बिक्री हुन्छ । रिडीमा शव दाहासंस्कारका लागि धेरै मानिस आउने भएकाले पनि दहीको खपत बढी हुने पन्तको भनाइ छ । फुटकर रु १४० मा दही बिक्री भइरहेको छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको छ । उहाँले वार्षिक चार हजार लिटर घ्यू पनि उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । प्रतिलिटर रु एक हजार ३०० मा स्थानीय बजारका साथसाथै बुटबल र काठमाडौँसम्म उहाँले उत्पादन गरेको घ्यू पुग्ने गरेको छ । पन्तले प्रतिकिलो रु एक हजारमा कुराउनी बिक्री गरिरहनुभएको छ ।

 

दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोसेलीका रुपमा कुराउनी लैजाने गरेका छन् । गत दुई वर्षदेखि उहाँले छुर्पी उत्पादन गर्दै आउनुभएको छ । फुटकरमा रु एक हजार ३०० र थोकमा प्रतिकिलो रु एक हजारमा छुर्पी बिक्री हुँदै आएको छ । स्थानीय बजारका साथसाथै पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने छुर्पी यो वर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको पन्त बताउनुहुन्छ ।

 

उहाँ वैदेशिक रोजगारीका लागि सन् २००९ देखि १४ सम्म गरी छ वर्ष कोरिया बस्नुभयो । कोरियामा उहाँले समुद्रमा माछा मार्ने काम गर्नुहुन्थ्यो । उहाँको आम्दानी पनि मासिक रु तीन लाख जति हुन्थ्यो । कोरियामा काम गर्दा उहाँले मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने सोच बनाउनुभयो । तर नेपाल फर्केपछि सोच बदल्नुभयो ।

 

रिडी नेपालको चार धाममध्येको एक रहेको र धार्मिक पर्यटक बढी आउने भएकाले उहाँले दूध डेरी सञ्चालन गर्ने निर्णय गर्नुभयो । कोरिया जानुभन्दा अगाडि उहाँले काठमाडौँमा नौ वर्ष चमेनागृह तथा होटल सञ्चालन गर्नुभएको थियो । तर त्यसबाट सन्तुष्ट नभएपछि उहाँ कोरिया जानुभएको थियो । “अहिले आफ्नै ठाउँमा सन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु”, रविले भन्नुभयो, “विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै पैसा कमाए पनि स्वाभिमान हुन्छ ।” उहाँले कोरियमा कमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९