मन्त्री थापाद्वारा खोप अभियान शुभारम्भ, देशभर तीन लाख ५० हजारलाई खोप दिइने

भक्तपुर,  बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने अभियान शुभारम्भ गर्नुभएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालयले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुआत गर्नुभएको हो । अभियान सफल पार्न सबैमा आह्वान गर्दै उहाँले सरकारले गत वर्ष र यस वर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आह्वान गर्नुभयो ।

 

नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो ।

 

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसूति रोग विशेषज्ञ डा सुमित्रा गौतमले नेपालमा पनि पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि लगाइने यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको बताउनुभयो ।

 

 

उहाँले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको र स्तन क्यान्सर दोस्रोमा रहेको बताउँदै बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानलाई सफल बनाउन जिल्ला, स्थानीय तह र अन्य विभिन्न निकायसँग समन्वय गरी अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले भक्तपुरमा आजदेखि फागुन १ गतेसम्म सञ्चालन हुने खोप अभियानमा यस वर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ किशोरी, १० वर्ष उमेर समूहका १६३ र गत वर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाइने भएको उहाँले बताउनुभयो ।

 

अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५, १० वर्ष उमेर समूहका ७१, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० र ११–१४ वर्ष उमेर समूहका २० जना किशारीलाई खोप लगाइने छ । मध्यपुरथिमि नगरपालिकामा ९२१, १० वर्ष उमेर समूहका २६, भक्तपुर नगरपालिकामा एक हजार ५१५, चाँगुनारायण नगरपालिकामा ५२९ र १० वर्ष उमेर समूहका ६६ जना किशोरीलाई खोप लगाइने छ ।

 

जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ र  कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका कशोरी–किशोर २० जना किशारीलाई अभियानमा खोप लगाइने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीहरूलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाइने प्रमुख खड्काले जानकारी दिनुभयो ।

 

भक्तपुरमै अन्य जिल्लाका लागि पनि खोप भण्डारण केन्द्र रहेकाले सङ्कलित विवरणभन्दा बढी खोप लगाउनुपर्ने भएमा पनि खोप थप गर्न सहज हुने उहाँले बताउनुभयो । गत वर्ष छुटेका, इँटाभट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई समेत अभियानमै एचपिभी खोप दिन कार्यालयले व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिइने

सरकारले देशका विभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभी खोप दिइने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेदेखि अभियानका रूपमा लगाउन सुरु भएको थियो । एचपिभी खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताइएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन्  ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

म्याग्दीमा जलविद्युत्को सम्भावना र चुनावी मुद्दा

म्याग्दी, म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।   कूल २८२ दशमलव २५ मेगावाट...

प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम

महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ,  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बैतडीको सिगासमा एक पुरुष मृत फेला

दशरथचन्द (बैतडी),  बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी...

दुर्गमका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर,  भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।   आँखा जाँच तथा उपचारका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ, आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९