बर्दगोरिया-४ मा वडा स्तरिय सामुहिक तथा एकल नृत्य प्रतियोगिता सम्पन्न : रञ्जना चौधरी प्रथम

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नंं. ४ मुडा बजारको खेल मैदानमा बर्दगोरिया गाउँपालिका वडा नंं. ४ महिला उपभोक्ता समूहको आयोजनामा सोमवार वडा स्तरिय सामुहिक तथा एकल नृत्य प्रतियोगिता गरिएको थियो । “परम्परा जोगाऔं विकृति हटाऔ” भने मूल नारा सहित हरितालिका तिजको पावन अवसरमा आयोजित प्रतियोगितामा उक्त वडाका दिदीबहनीहरुको नृत्य प्रतियोगितामा सहभागिता रहेको थियो ।

 

 

 

एकल नृत्य प्रतियोगितामा रञ्जना चौधरी प्रथम भएकी थिइन्। उक्त प्रतियोगितामा विष्णु सापकोटा सामूहिक नृत्य प्रथम भएको थियो। कमला सार्कीको सामूहिक नृत्य दोश्रो र बर्षा शाही सामूहिक नृत्य तेश्रो भएको हो । सामूहिक नृत्य तर्फ प्रथम, द्वितिय र तृतीय हुने हरूका लागि ५ हजार, ३ हजार, २ हजार पुरस्कार राशीले पुरस्कृत गरिएको थियो । एकल नृत्यमा प्रथम हुनेका लागि २ हजार पुरस्कार राशीले पुरस्कृत गरिएको थियो ।

 

 

 

महिला उपभोक्ता समूहकी अध्यक्ष सावित्रा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित निर्णायाक दिनेश पालको नेतृत्वमा रहेको तीन सदस्यीय निर्णायक मण्डलले प्रतियोगितासंगसंगै नजिता दिएपछि कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाहीले तीज नृत्य प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुने दिदीबहिनीहरुलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथी कार्यपालिका सदस्य पुष्कर वि.क. रहनु भएको थियो।

 

सगरमाथा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर चौधरी,मुडा बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष मगना चौधरी,समाजसेवी केवल चलाउने,महिला नेत्री, उतरा देवी बम र समाज सेवी भरत कुमार शाही लगाएका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कोसेली एफएम ९७ मेगाहर्जका स्टेशन म्यानेजर लिला जंग शाहीले गर्नु भएको थियो भने असल महिला कृषि सहकारी संस्थाकी अध्यक्ष पार्वती साउँदले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो। कार्यक्रममा वडा भरी रहेका महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।   

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?