बर्दगोरियाको महुन्याल माध्यमीक बिद्यालय बासकोटीमा विज्ञान विषय पढाई हुने

बौनियाँ,कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाँउपालिकामा पहिलो पटक बिज्ञान विषय पढाई हुने भएको छ ।

महुन्याल माध्यमीक बिद्यालय बर्दगोरिया गाँउपालिकामा वडा नं. ६ बासकोटीमा रहेको गाँउपालिकाकै सर्वोत्कृष्ट विद्यालय महुन्याल माध्यमीक बिद्यालयमा बिज्ञान विषय पढाई हुने भएको हो ।

 

विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै शैक्षिक बर्ष २०७९ सालदेखि कक्षा ११ मा विज्ञान बिषयको अध्ययन अध्यापन गराउने विद्यालयले जनाएको छ । सोहि विषय अन्तर्गत फिजिक्स, केमेस्ट्रि, बायोलोजी, कम्प्युटर साईन्स वा म्याथ सञ्चालन हुने छन् ।

 

उक्त विद्यालयले प्लस टु मा म्यानेजमेन्ट, कम्प्यूटर साईन्स तथा फाईनान्स प्रविधिक धारमा कम्प्यूटर लगायत विभिन्न बिषयमा गुणस्तरिय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेका छन् । त्यस्तै शिक्षा शंकाय तर्फ मेजर म्याथ, अंग्रेजी, स्वास्थ्य, नेपाली, जनसंख्या तथा वातावरण, एकाउन्ट, इकोनोमिक्स,पपुलेशन, बालविकास, फाइनान्स, इंजीनियरिंग, मार्केटिङ्ग, शिक्षा शास्त्र र मानविकी लगायत विषयमा अध्यापन भईरहेको विद्यालयले जनाएको छ ।

 

प्रविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म चार वर्षको कम्प्यूटर इन्जिनियरिङ विषय पढाई भई रहेको छ ।

 

विद्यार्थी र अभिभावकको आवश्यकता र माग अनुसार अगाडि बढेको महुन्याल माध्यमीक विद्यालयकी प्रधानाध्यापक चन्द्रीका जोशीले बताइन् ।

 

गाउँपालिकामै बिज्ञान विषय पढाइ हुने भएपछि बिद्यार्थीले खुसी व्यक्त गरेका छन् । अब बिज्ञान विषय पढ्नकै लागि काठमान्डौ नेपालगन्ज धनगढी र महेन्द्रनगर जानुपर्ने बाध्यता पनि हटने भएकाे छ । 

प्लस टुमा साइन्स किन पढ्ने ?

अहिले विज्ञान, प्रविधिविना जीवन सम्भव छैन । व्यक्तिको जीवनसँग मात्र होइन, देशको विकासमा पनि साइन्स जोडिएको छ । देशको आर्थिक, सामाजिक, राजनीतिक यी सबै क्षेत्रको विकासमा साइन्सको महत्त्वपूर्ण योगदान छ । हाम्रो जस्तो देशमा त अझ महत्त्वपूर्ण रहेको छ । साइन्सविना विकास सम्भव छैन । साइन्स अहिले सभ्यता भइसकेको छ । 
साइन्स विषय सबैले पढ्नुपर्छ भन्ने छैन । तर, साइन्ससम्बन्धी ज्ञान सबैमा हुनु आवश्यक छ । साइन्स र व्यवस्थापनले एकअर्कालाई सहयोग पुर्‍याएका हुन्छन् । साइन्सको ज्ञानलाई व्यवस्थापन गर्न पनि व्यवस्थापन अध्ययन गरेकालाई सहयोग हुन्छ । साइन्सले हाम्रो जीवनशैलीका धेरै विषयलाई नियन्त्रण गर्छ । आर्थिक, सामाजिक, राजनीतिक, कृषि विकासका साथै मानव सभ्यतामा परिवर्तन गर्न विज्ञान तथा प्रविधिको योगदान बढी हुन्छ । 

त्यसैले पनि एसएलसीपछि सकेसम्म उच्च शिक्षा अध्ययन गर्दा विज्ञान विषय रोज्नु राम्रो हुन्छ । प्लस टुमा साइन्समा फिजिक्स, केमेस्ट्री र बायोलोजी तीनवटा मेजर विषय हुन्छन् । 

फिजिक्स ग्रुपकाले फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स पढ्नुपर्छ । यसमा केही अंश बायोलोजी पनि हुन्छ । त्यसैगरी, बायोलोजी ग्रुप पढ्नेले जुलोजी, बोट्नी केमेस्ट्री र फिजिक्सका विषयहरू पढ्नुपर्छ । यो ग्रुपकाले थोरै भए पनि म्याथम्याटिक्स पढ्नुपर्ने हुन्छ । 

कस्तो छ कोर्स ? 
साइन्समा कक्षा ११ र १२ मा छ/छ सय पूर्णाङ्कको पाठ्यक्रम हुन्छ । विद्यार्थीको रोजाइ तथा छनोटअनुसार म्याथ अतिरिक्त विषय थपसमेत गर्न सकिन्छ । प्लस टुमा दुईवटा स्किम हुन्छ । भोलि के र कस्तो करिअर बनाउने भन्ने फरक स्किमले निर्धारण गर्छ । कक्षा ११ मा कम्प्युटर स्किम रहेको छ । यो स्किममा फिजिक्स, केमेस्ट्री, म्याथ, इंग्लिस र कम्प्युटर साइन्स पढ्नुपर्छ । यी सबै विषय एक सय पूर्णाङ्कका हुन्छन् । यस्ता विद्यार्थी इन्जिनियरिङ अध्ययनमा जान सक्छन् । जनरल साइन्स बिएससी, एमएससी पनि अध्ययन गर्न सक्छन् । कम्प्युटर साइन्स स्किमका विद्यार्थीले कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, म्याथ र इंग्लिस र अनिवार्य नेपाली विषय अध्ययन गर्नुपर्छ ।  त्यसैगरी, अर्को स्किमका विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री बायोलोजी, म्याथ, इंग्लिस नेपाली विषय अध्ययन गर्नुपर्छ । १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र इंग्लिस, नेपाली अनिवार्य छ । यो स्किमका विद्यार्थी भोलि मेडिकल क्षेत्रमा जान सक्छन् । जनरल साइन्स पनि पढ्न सक्छन् । यो स्किमका विद्यार्थीले म्याथ नपढ्न पनि सक्छन् । अतिरिक्त म्याथ लिएमा इन्जिनियरिङतिर जान सक्छन् ।

प्लस टु पछि के बन्ने ?

प्लस टुमा साइन्स अध्ययन गरेपछि माथिल्लो तह र उनीहरूको करिअर फरक क्षेत्रमा हुनसक्छ । फिजिक्स ग्रुपले इन्जिनियरिङ, कम्प्युटर साइन्स, सूचना प्रविधि, म्याथम्याटिक्स, केमिकल इन्जिनियरिङ तथा केमेस्ट्रीका अन्य विधामा जान सक्छन् । फिजिक्सका विधाहरूमा न्युक्लियर साइन्स, जियोलोजिकललगायतका क्षेत्रमा जान सक्छन् । 

बायोलोजी ग्रुपका विद्यार्थी मेडिकल क्षेत्रहरू एमबिबिएस, नर्सिङ, बिडिएसलगायतमा जान सक्छन् । एग्रिकल्चर, भेटनरी, फ्लोरिकल्चर, जेनेटिक इन्जिनियरिङ, बायोडाइभर्सिटी, इन्भाइरोमेन्टल साइन्स, बायोटेक्नोलोजीजस्ता धेरै क्षेत्रमा जान सकिन्छ । 
केमेस्ट्री हाम्रोमा फिजिक्स ग्रुपअन्तर्गत आउँछ । यो दुवैमा आउन सक्छ । माथिल्लो तहमा बायो फिजिक्स इन्टिग्रेटेड फर्ममा आएको हुन्छ ।

एसएलसी उत्तीर्ण भएका विद्यार्थीले साइन्स रोज्नु राम्रो हुन्छ । साइन्स नेपालको आवश्यकता हो । विज्ञान विषय छनोट गरी अध्ययन गर्दा उनीहरूको करिअर पनि राम्रो हुन्छ । प्लस टुमा साइन्स पढेका विद्यार्थी म्यानेजमेन्ट, ह्युमानिटिजजस्ता क्षेत्रमा पनि जान सक्छन् । तर, प्लस टुमा म्यानेजमेन्ट वा ह्युमानिटिज पढेर माथिल्लो तहमा साइन्स पढ्न सकिँदैन । भोलि स्नातक तहमा जुनसुकै क्षेत्रमा जान पनि सकिन्छ । 

कस्ता विद्यार्थीले पढ्ने साइन्स ?
 प्लस टुमा साइन्स पढ्न सम्बन्धित विषयमा रुचि भएको हुनुपर्छ । जबर्जस्ती साइन्स विषय रोज्नु हुँदैन । एसएलसीसम्मको अध्ययनमा पनि विज्ञानका विविध विषयहरू अध्ययन भइसकेको हुन्छ । त्यसैका आधारमा पनि आफ्नो रुचि छनोट गर्न सकिन्छ । 
 प्लस टुमा साइन्स पढ्ने भनेको सामान्य मात्र हो । सबैले पढ्न सके राम्रो हुन्छ । तर, म्याथ राम्रो भएका र रुचि भएका व्यक्ति सफल हुन सक्छन् ।
 टेक्नोलोजीमा पनि रुचि राख्नुपर्छ । अहिले टेक्नोलोजीको विकासका कारण यसमा सफल करिअरको राम्रो सम्भावना छ । विज्ञान र प्रविधि जीवनको पाटो भएकाले पढ्न नसक्ने कमै हुन्छन् ।

कक्षा -८ पास पछि विद्यार्थीको एकमात्र  रोजाई बन्न सफल  कम्प्युटर इन्जिनियरिङ ९-१२ यस श्री महुन्याल माध्यामिक बिद्यालय बर्दगोरिया -६ बासकोटी कैलाली 

कम्प्युटर इन्जिनियरिङ पढे अवसरै अवसर !!!
के हो कम्प्युटर इन्जिनियरिङ ? 
कम्प्युटर इन्जिनियरिङ कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा हो । नयाँ कम्प्युटर कस्तो बनाउने ? त्यो कम्प्युटरका लागि कस्तो सफ्टवेयर आवश्यक छ ? आईटी क्षेत्रमा विश्वमा के हुँदै छ ? नयाँ नयाँ प्रविधिको खोज तथा अनुसन्धान गर्ने र मानिसले गर्ने कामलाई प्रविधिबाट सहज बनाउन सिकाउने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा उतारेर जे समस्या छ, त्यसको समाधान प्रविधिबाट गर्न सिकाउने शिक्षा हो यो ।

सिभिल, आर्किटेक र मेकानिकल इन्जिनियरिङ अध्ययन गरे पनि त्यो क्षेत्रको काम पनि कम्प्युटरको माध्यमबाट हुन्छ । ती कामका लागि सहज बनाउने भनेको कम्प्युटर नै हो । सिभिल इन्जिनियरले पुल बनाउँछन् । तर त्यो पुल ठीक छ कि छैन भनेर कम्प्युटरको सफ्टवेयरबाट पहिले परीक्षण गरिन्छ । यसबाट फिजिबल भएपछि मात्र पुल बनाउने हो । त्यो सफ्टवेयर कम्प्युटर इन्जिनियरले बनाउँछन् त्यसैले दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्ने शिक्षा कम्प्युटर इन्जिनियरिङ हो । 

प्राक्टिकल र प्रोजेक्ट वर्क :-
आईटीसँग सम्बन्धित कोर्स भएकाले प्राक्टिकल र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइन्छ । विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपछि कार्यक्षेत्रमा गएर सहजै काम गर्न सक्ने गरी प्राक्टिकल र प्रोजेक्ट वर्क गराइन्छ । 

पढ्नु पर्ने मुख्य विषयहरू :-
•  कम्प्युटर प्रोग्रामिङ 
•  सफ्टवेयर इन्जिनियरिङ 
•  माइक्रोप्रोसेसर 
•  डाटाबेस म्यानेजमेन्ट सिस्टम 
•  कम्प्युटर ग्राफिक्स 
•  अपरेटिङ सिस्टम 
•  कम्प्युटर नेटवर्क
• म्याथम्याटिक्स 
• फिजिक्स 
• केमिस्ट्री 

कुन क्षेत्रमा काम गर्ने ? 
अहिले जुनसुकै क्षेत्रमा कम्प्युटरको माध्यमबाट काम हुन थालेको छ त्यसैले जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ । 
•  सरकारी कार्यालय 

•  दूरसञ्चार प्राधिकरण 

•  विद्युत् प्राधिकरण 

•  आईटी कम्पनी 

•  हार्डवेयर/सफ्टवेयर डेभलप 

•  वेब एप 

•  नेटवर्किङ 

•  बैंक/फाइनान्स

कस्तो रुचि भएकाले पढ्ने ? 

नयाँ नयाँ आइडिया र क्रिएटिभ दिमाग भएका र आईटीसँग नजिक हुन चाहनेका लागि उपयुक्त हुन्छ । सैद्धान्तिकभन्दा प्रक्टिकल गर्न रुचि भएका विद्यार्थीका लागि कम्प्युटर इन्जिनियरिङ फलदायी हुन्छ ।

कम्प्युटर इन्जिनियरिङको महत्त्व :
नेपालमा विकासका काम धेरै बाँकी छन् । आईटीबिना ती सम्पन्न गर्न असम्भव छ । आईटीलाई प्राथमिकता नदिने हो भने हामी अझै धेरै पछि पर्छौं । देशलाई समृद्ध बनाउने क्षेत्र पनि आईटी हो । नयाँ नयाँ प्रविधिको खोज, अनुसन्धान र निर्माण गर्नुपर्छ । ती विषयमा कम्प्युटर इन्जिनियरिङमा बृहत् रूपमा अध्ययन र अनुसन्धान हुन्छ । अवसरका क्षेत्र पनि धेरै छन् । जुनसुकै कम्पनीदेखि कार्यालय सबै आईटीमा निर्भर छन् । ती क्षेत्रमा काम गर्न दक्ष जनशक्ति उत्पादनका लागि कम्प्युटर इन्जिनियरिङ महत्त्वपूर्ण मानिन्छ ।

 

नेपालजस्तो भौगोलिक विकटता भएको देशमा कम्प्युटर इन्जिनियरको आवश्यकता बढी नै हुन्छ । विकटताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सकिँदैन । भौतिक संरचना तत्काल बनाउन पनि सकिँदैन । त्यस्तो ठाउँमा आईटीको माध्यमबाट सेवा सुविधा पुर्याउनु  सकिन्छ । संघीयताको मर्मलाई सफल बनाउन पनि आईटीको भूमिका महत्त्वपूर्ण हुन्छ । इन्टरनेटको माध्यमबाट सेवा प्रवाह गर्न सकिन्छ । ई–गभर्नेन्स पनि महत्त्वपूर्ण पक्ष हो । यसले संघीयतालाई सफल बनाउन सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा,  कचनकबल गाउँपालिका–३ मा   विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।  दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भइ बस पल्टिएको जिल्ला...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९