मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

महोत्तरी।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तारै-विस्तारै लागुपदार्थको दुर्व्यसनको दलदलमा भासिदै गए ।

 

`यो गलत हो भन्ने चै लाग्थ्यो तर म यसरी यस्को नशामा डुबेछु कि निस्कनको लागी निक्कै समस्या बन्यो,´ ३९ बर्षिय फुयालले भने, `१३ बर्षसम्म यही दलदलमा भासिए पछी झण्डै २ बर्षदेखी पुर्ण रुपमा मुक्त भएको छु ।´अहिले फुयाल काठमाण्डौको एक विद्यालयमा अध्यापन गराउँछन । काठमाण्डौलाई कर्मभुमी बनाए तापनी लागुपदार्थ दुर्व्यसनको चाहेर वा नचाहेर नशामा डुबेका किशोरहरुलाई  पुनःस्थापन गराउनुपर्छ भन्ने उदेश्यले फुयालले अहिले महोत्तरीमा अभियान सुरू गर्न खाेजेका छन् ।्र

 

`१३ बर्षसम्म मैले मात्र पिडा भोगेको छैन त्यो भन्दा ठुलो पिडा मेरो परिवारले भोगेको छ,´ फुयाँलले पुराना दिन सम्झदै भने, `नशा पनि एक प्रकारको रोग हो, अझ भनौ यो मेन्टल डिजेज हो, त्यसैले यसकाे उपचार हुन्छ भन्ने भावना जगाउँनु छ ।´नशावाट मुक्त भइसके पछी पनि सामाजिक र पारिवारिक बिभेदका कारणले कतिपय पुरानो अवस्थामा नै फर्किएको फुयाँलको भनाई छ । यसका लागी सबै जनाको सहयोग जरुरी हुने उनकाे बुझाई छ ।

 

`मनदेखी छाडने प्रतिज्ञा गर्ने हो भने कुलतवाट मुक्त बन्न सकिन्छ,´ फुयालले आफ्नो अनुभव सम्झदै भने, `परिवारलाई दिएको दु:ख सम्झदा अहिलेपनी आत्मग्लानी हुन्छ ।´फुयालको जस्तै १० बर्षसम्म यहि कुलतको नशामा रन्जित बस्नेत पनि डुबेका थिए । बस्नेतले आफुसगैँ लागुपदार्थ प्रयोग गर्ने ९ जना साथीभाइलाईसमेत गुमाए । कतिपय दुर्घटनामा परे भने कतिपय अहिले पनि अंगभंगकाे अवस्थामा छन् । लागुपदार्थ प्रयोग गर्न कै लागी बस्नेतले साथीहरुसगैँ मिलेर कयौपटक चोर्ने, घर परिवारलाई दु:ख दिने गरेको अहिले पनि झलझल्ती सम्झि रहन्छन् ।

 

`वास्तबमा नशामा डुवेपछी मैले भरोसा मात्र गुमाइन सामाजिक तिरस्कार पनि भोगे,´ बस्नेतले भने, `मलाई के लाग्छ भने स्थानिय सरकारले लागुपदार्थ न्युनिकरणको लागी हामीलाई जिम्मेवारी देओस ।´एउटा ब्यक्ती नशामा कसरी डुब्छ अनि  लामो समयसम्म कसरी भासिन्छ भन्ने बस्नेतलाई राम्रोसगँ थाहा छ । त्यसैले दुर्व्यसनमुक्त समाज निर्माणको लागी सरोकारवालाहरुले आफुहरु जस्तो पुर्व प्रयोगकर्तालाई अभियन्ता बनाउनुपर्ने बताउदै लागुपदार्थको मेन्टल डिजेजको उपचार र  न्यूनीकरण गर्न धेरै काम गर्न सकिने उनी बताउँछन् ।

 

लागुपदार्थ दुर्व्यसनको जालो खुल्ला सिमा नाकाकै कारण समस्या बनेको बस्नेतको बुझाइ छ । `किशोरकिशोरीहरुलाई मात्र सुरक्षाकर्मीहरुले पारी किन जादैछन भन्ने बिषयमा चासो दिएर कडाइ गर्ने हो भने लागुपदार्थको समस्या आधा हुन्छ,´ बस्नेत भन्छन् । सवैभन्दा ठुलो त म सुध्रिन्छु भन्ने प्रतिज्ञा चाहिने फुयाल र बस्नेतको अनुभव छ । उनिहरु त मधेशका प्रतिनिधि उदाहरण मात्र हुन । उनिहरु जस्ता हजारौजना कोही पुन:स्थापित भएका छन भने कतिपय सामाजिक र पारिवारिक  तिरस्कारका कारण पुरानो अवस्थामा फर्किएका कयौ उदाहरणहरु छन ।

 

दुर्ब्यसनको दलदलमा फसेर पुनःस्थापित भएका बस्नेत र फुयालजस्ता युवाहरुको  खोजी गरि मनोपरामर्शदाताको रुपमा तयार गर्ने हो भने पनि लागुपदार्थ न्यूनीकरण हुन सक्ने बिज्ञहरु बताउँछन् ।`किन भने दुर्व्यसनमा फसेकाहरुलाई उनीहरुले नै पहिचान गर्न सक्छन,´ मधेश प्रदेशका पुर्व गृहमन्त्री भरत साहले भने, `अभियानकर्मीको रुपमा निगरानी गरेर पुन:स्थापित भएकाहरुलाई नै परिचालन गर्नुपर्छ ।

´

तर मधेशमा बस्नेत र फुयालजस्ता दुर्व्यसनवाट मुक्त भएका हजारौ युवाहरुलाई सामाजिक पुनःस्थापना कसरी गराउन सकिन्छ भन्ने सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । त्यसैका कारण पनि मधेशमा दुर्व्यसन भयावह अवस्थामा फैलदै गएको विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् । यस्ता बिषयहरुलाई ध्यान दिन नसक्दा मधेश प्रदेश लागुपदार्थ कै कारण अपराधमय बन्दै गएको प्रहरी कै तथ्यांकले पुष्टि गरेको छ । प्रहरीका अनुसार ८० प्रतिशत भन्दा बढी अपराध लागुपदार्थसगँ जोडिएका छन् । हत्या, हिंसा, अपहरण, जवर्जस्त करणी जस्ता घटनाहरु लागुऔषध कै कारण घटेता पनी पछि मुद्दाको रुपमा अन्य शिर्षकमा परिणत हुने गरेको पाईएको छ ।

 

गत आर्थिक बर्ष २०७९ को लागुऔषध सम्बन्धी तथ्यांक हेर्ने हो भने पनि निक्कै भयावह छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार मधेशमा लागुऔषध कै कारण १३ सय ४ जना मानिस पक्राउ परेका छन । सोही अवधीमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, २५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार ८ सय ६५ पिस ट्यावलेट, ८ हजार २ सय २८ बोत्तल, ६२ हजार ९ सय ६ पिस इन्जेक्सन बरामद भएको थियो ।

 

यी तथ्यांकहरुले पनि मधेश लागुऔषध कै कारण कसरी आक्रान्त बन्दै छ भन्ने प्रष्ट बनाउछ । मधेशका ८ वटा जिल्ला मध्य महोत्तरी थप यसकै कारण भयावह बन्दै गएको बिभिन्न  तथ्यांकहरुले पुष्टि गर्दै आएका छन । प्रहरी उपरिक्षक तथा महोत्तरीका प्रमुख  प्रकाश मल्लका अनुसार आर्थिक बर्ष २०७७/७८ देखि २०८० सम्म १९८ वटा लागुपदार्थसगँ जोडिएका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन । यी मुद्दाहरुले मात्र जम्मा मुद्दाको २० प्रतिशत हुन । यसैसगँ समबन्धित यो अवधीमा २६४ जना भन्दा बढी पक्राउ परेका छन ।

 

यसको साथै प्रहरिले थुप्रै लागुपदार्थहरु बरामत गरेको छ । जसमध्ये ५ हजार ४ सय ५४ ट्यावलेट, १३ सय ८० बोत्तल र १०१ इन्जेक्सन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ। महोत्तरी पछि लागुऔषध कारोवार तथा प्रयोगकर्ताका हिसावले पर्सा जिल्ला दोश्रो बनेको छ । आर्थिक बर्ष २०८० को यो मंसिरसम्म आईपुग्दा पर्सामा ९६ जना पक्राउ परेका मध्ये ६८ जनालाई त मुद्दा  नै चलाईएको छ । यो अवधीमा १९६ किलो गाँजा, ४७ किलो चरेस, १५ किलो हिरोईन, ३६ सय ११ वटा ट्याव्लेट, ५ हजार ४ सय ४० बोत्तल र १३ सय ९४ इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

 

त्यस्तै लागुऔषध बरामद गरेको र सम्बन्धित मुद्दाका आधारमा महोत्तरी र पर्सा पछि सर्लाही, धनुषा, सिरहा, बारा, सप्तरी र रौतहट देखिएका छन ।खुल्ला सिमाना र सुरक्षाकर्मीहरुको कडा निगरानीका कारणले लागुऔषधकै कारण मधेश अपराधमय बनेको आरोप लागीरहेको वेला प्रहरीहरु नवपर्वतन अभियानमा लागेका छन । नवपर्वतन अभियान अन्तर्गत मधेशमा लागुऔषध समबन्धी क्याम्पियनमा जुटेका छन ।

यसरी जुटदै छ प्रहरी एण्टी ड्रग क्याम्पियनमा

मधेशमा लागुपदार्थ भयावह बन्दै गएपछी प्रहरी नै विभिन्न अभियानमा जुटेको छ । जसअनुसार मधेश प्रदेश प्रहरीले  गत आईतवार एक कार्यक्रमका विच लागुपदार्थ रोकथामको लागी मुख्यमन्त्री सरोज यादवको उपस्थितिमा मधेशमा उक्त अभियानको औपचारिक सुभारम्भ गरेको छ ।

 

साउनको पहिलो हप्तावाट महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरुवात गरेको अभियान निक्कै नतिजामुखी बने पछी मधेश प्रदेश प्रहरीले ८ वटै जिल्लामा उक्त क्याम्पियनको शुभारम्भ गरेको हो । अभियानका क्रममा लागुपदार्थ ओसारपसार देखि प्रयोगकर्तालाई पहिचान गर्ने र मनोपरामर्शकोरुपमा क्याम्पियनहरु समेत संचालन गर्ने मधेश प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख जनक भट्टराईका अनुसार सिमा नाकामा कडाई गर्नेदेखी लिएर प्रत्येक जिल्लाका नाकामा अत्याधुनिक परिक्षण मेसिन समेत प्रदेश सरकारसँग माग गर्ने वताएका छन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९