Baigyanik Media

Advertisement

Skip Ad

निर्माताको अनुभवपछि अभिनयको परिक्षा दिन तयार सन्तोष अधिकारी

२२ वर्षदेखि ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना

काठमाडाैं। २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए। छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले मुखै फोरेर दिक्दारी पोख्यो – ओ ड्याड कम अन । ‘चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ‘सिनोप्सिस’ सुनाए। त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन्। निर्माताको अनुभवपछि उनी अभिनयको परिक्षा दिन तयार भएका छन्। पुस २९ गते ‘चित्रा’ रिलिज हुँदैछ। फिल्मलाई लिएर उनी उत्साहित छन्। डबिङ्मा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन्। उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए-

 

‘चित्रा’को मनपरेको कुरा के हो?

कन्टेन्ट।

चित्रमा जुन तपाईंले निर्वाह गर्नु भएको पात्र छ, त्यो पात्रलाई कसरी न्याय गर्नसक्छु जस्तो लाग्यो?यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरु छन्। म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्ररी बुझ्छु।

पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ नि?

पर्दामा पनि वास्तविक जीवनका भोगाइहरुलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा उतिसारो फरक छैन ।

यसका लागि केकस्तो तयारी गर्नुपर्‍यो?

व्यापकचाँहि नभनूँ। जीवनले धेरैकुराहरु सिकाएको छ, अब एक्टिङ सिकेको आदिइत्यादी कुराहरु गरेर त्यसलाई ज्यादा उच्च कुरा गरियो पनि नभनूँ। मैले यस पात्रलाई प्रत्येक पलहरुमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु। यसमा अभिनय सिकेको, नाच सिकेको कुरालाई म एउटा गणित ठान्दछु। त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याउने काम गरेको छु। यसका लागि केही समय भने लाग्यो मलाई। यो पात्रका विभिन्न चरणहरुलाई सूक्ष्म ढंगले अध्ययन गरेर यसो गर्दा ठीक हुन्छ वा यसचाँहि गर्दा गज्जब हुन्छ भन्ने ठानेर गरेको छु।

तपाईंको परिभाषामा एउटा अभिनेता के हो ?

आफ्नो भूमिकालाई अभिनयका माध्यमबाट न्याय गर्न गर्नसक्ने मान्छे, जसले आफ्नो चरित्रको सूक्ष्मतालाईसमेत प्रस्तुत गर्नसक्छ।

चित्रा’मा गरेको भूमिकामा आफूले कति न्याय गरेछु जस्तो लाग्छ?

डबिङमा हेर्दा मैले मेरो पात्रलाई सयमा सय न्याय गरेको छु भन्ने भान भयो। म आफ्नो प्रशंसा आफै गरेर रमाउने मान्छे होइन, अरुले गर्दा मात्र आफ्नो कामले न्याय पाउँछ भन्नेमा विश्वास राख्छु। दर्शक बनेर हेर्दा म आफै दंग परें, मैले न्याय गरेछु भनेर।

यो फिल्मबाट तपाईंलाई प्राप्त हुने कुरा के हो?

यसले सन्तोष अधिकारी एउटा अभिनेता हो भन्ने परिचय दिन्छ जस्तो लाग्छ।

अभिनेता भएँ भनेर भन्नलाई तपाईंको कति वर्षको मेहेनत पर्‍यो?

२२ वर्ष नै भनम्, अब गणितिय मेहेनतचाँहि ४-५ वर्ष भनम् न। बिचमा कोरोना महामारी आयो त्यो बेलामा मोबाइलमा आफूलाई थुप्रैपटक रेकर्ड गरेर हेरे। मैले यो काम यति गरें कि मेरो पारा देखेर मेरो बचचा र पत्नी हुनुसम्मको दिक्क भए । टिकटक पनि बनाएँ, यसका लागि छोराको सहयोग माग्थे, ऊ यत्ति दिक्क भयो कि ‘ओ ड्याड कम अन ‘ भन्थ्यो। त्यो सम्मको अवस्था भयो। म फेरि गर्नुपर्छ भनेपछि लागिपरेको पर्‍यौ गर्ने मान्छे परें।फिल्ममा निर्मातासमेत हुनुहुन्छ, त्यसैले यसको सारा जसअपजस तपाईंमाथि आउनेवाला छ, त्यसका लागि तयार हुनुहुन्छ?

म सबै कुरा फेस गर्न तयार भएरै आएको हुँ । अब यसमा आउने भनेको युनिभर्सल कमेन्टहरु हुन्, तिनले मलाई खुशी नै दिन्छ । मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ। मैले त कुनै गल्ती गरेको नै छैन । यसमा म कार्यकारी निर्मातामात्र हो, निर्मातामा अरु साथीहरु हुनुहुन्छ । नाम देखिंदा म अगाडि छु, त्यस कारणले म जेजस्तो परिणाम आउँछ त्यसको सामना गर्न तयार छु।

‘चित्रा”को विषयवस्तु मनपरेको छ भनेर अघि भन्नुभयो, मनपरेको विषयवस्तु कति प्रतिशत पर्दामा रुपान्तरण भएको पाउनुभयो ?

मैले ६०-७० प्रतिशत रुपान्तरण भएको पाएको छु। निर्देशकको कोणबाट त निर्देशकले उचित जवाफ दिनुहुनेछ यसमा । फेरि मलाई यो पनि थाहा छ कि स्क्रिप्टको ३०-४० प्रतिशत निकाल्नसक्नु भयो भने पनि त्यो फिल्म सफल हुन्छ।

यो फिल्ममा सबैभन्दा बढि मनपरेको कुराचाँहि के हो?

यसमा मनपरेको कुरा एउटामात्र छैन, दुई चार वटा नै छन्। फ्यामिली ड्रामा, एक्सन, गीतसंगीत सबै नै मनपरेको छ।

कुन खाले दर्शकले यो फिल्मलाई मनपराउलान्?

यो सबैखाले दर्शक लक्षित पारिवारिक फिल्म हो। पारिवारिक कथाबस्तु त्यसमथि बाबुछोरीको कथा भएकाले यो वर्गविशेष भन्दा सबै दर्शकको रोजाइमा पर्ने फिल्म हो । अस्ति भर्खर हामीले १० वर्ष मुनीका बालबालिकालाई निशुल्क फिल्म देखाउने कुरा सार्वजनिक गरि नै सकेको कुराबाट पनि यो फिल्म सबै दर्शकका लागि हो भन्ने त छर्लङ्ग भइसक्यो।

फिल्ममा तपाईंलाई कुनै कुरा गर्दा गार्हो सजिलो के भयो?

 

त्यस्तो केही गार्हो त भएन । फाइट आदि कुराहरु पहिले नै पूर्वाअभ्यास प्रशस्त गरें। अब काम गर्दा भएको शारिरिक थकाइलाई त के गार्हो भयो भनेर भन्नु होला ।

आफू बाहेक फिल्ममा कस्को काम धेरै मनपर्‍यो?

म बाहेक यो फिल्ममा सबै प्रमाणित अभिनेताअभिनेत्रीहरु हुनुहुन्छ, यस्तोमा मैले मलाई को धेरै मनपर्‍यो भनेर मूल्यांकनसहित भन्ने मेरो क्षमता छैन्, बरु उहाँहरुलाई सोध्नुहोला म कस्तो अभिनेता निस्किए भनेर?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९