शुभेक्षा खड्का भन्छिन्– छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ

काठमाडाैं । मिस नेपाल-२०१२ की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् ।नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबुछोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ –  अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?

यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा फिल्ममा मलाई पाउन सकिन्छ।यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’माचाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं। अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु।

 

फिल्महरुमा तपाईं कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?

यस्तो खालको भन्ने छैन तर नयाँ खाले  कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस्  ।‘चित्रा’बाट तपाईंको अपेक्षा के हो?

हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं। अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ। मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो। यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ।

बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ?

बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ। आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरुचाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ। तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदाचाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।तपाईंको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ?

एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ।फिल्मबाहेको केही त्यस्ता सम्झनाहरु छन् जसका लागि तपाईं आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ?

धेरै क्षणहरु छन् । विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरुमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो। पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गार्हो नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदाचाँहि त्यतिबेला म धेरै भावुक बनेकी थिएं । उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो। हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें। पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।पछि फिर्ता गर्नुभयो त पैसा?

(हास्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें। त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र?नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ। यो कुराचाँहि तपाईंलाई कस्तो लाग्छ ?हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्‍याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ।मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरु गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरु पुग्नुभएको छ। आम नेपाली छोरीकहरुको जीवन कस्तो पाउनुभयो? उनीहरुका लागि बाबुहरुले के गर्नुपर्छ जस्तो लाग्छ?१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरु भएका छन् । समाज र मानिसहरुको मानसिक्तामा राम्रै विकास भएको छ। तर मलाई अझै पनि बुबाहरुले छोरीहरुको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिकरुपमा जीविकापार्जन गर्नसक्छिन्। एउटा परिवार धान्न सक्ने गराउनुपर्छ। जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहा

 

उनले कसैको भर पर्नपर्दैन। अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ। आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्नसकियो। त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ।

 

भोलिका दिनमा तपाईं आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ?सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु। अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९