Baigyanik Media

Advertisement

Skip Ad

कोच मिलनले पूरा गरिन् वाचा, राजनको संगीतमा विनोदसँग गरिन् गीत रेकर्ड

काठमाडौँ। द भ्वाइस अफ नेपालको कोचसमेत रहेकी गायिका मिलन नेवारले द भ्वाइसको टप आठमा पुगेका विनोद राई र आफ्नो स्वरमा रहेको गीत ल्याउन लागेको जानकारी दिएकी छन् ।  द भ्वाइसको कार्यक्रमै आफ्नो टिममा रहेका विनोद राईलाई ब्लाइन्ड अडिसनमा आफूसँग गीत गाउने अवसर दिने भन्दै गायिका मिलनले प्रतिस्पर्धी विनोदलाई आफ्नो टिममा ल्याएकी थिइन् । द भ्वाइसकै अडिसनमा विनोदसँग गीत गाउने वाचा गरेकी उनले अब सो वाचा पूरा गर्न ‘चञ्चल बिजुली आँखा’ बोलको गीत रेकर्ड गरेकाे जानकारी दिएकी हुन् ।ब्लाइण्ड अडिसनबाट नै आफ्नो अब्बल प्रस्तुति विनाेदले दिइरहेका छन्। ब्लाइण्ड अडिसनमा उनले ‘छालहरु ओ छालहरु’ गीत गाएका थिए। चारजना नै कोचको कुर्सी घुमाउन सफल विनोदलाई आफ्नो टिममा लिन कोचले हानथाप गरेका थिए। आफ्नो टिममा लिन कोच मिलनले राजनराज शिवाकोटीको संगीतमा आफ्नो र विनोद राईको आवाजमा गीत रेकर्ड गराउने बाचा गरेकी थिइन्। सोहि वाचासँगै विनोद मिलनको टिममा आएका थिए। कोच मिलनले उक्त वाचा पुरा गर्दै विनोदसँग गीत रेकर्ड गराएकी छिन्। प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा मिलन र विनोदको आवाजमा राजनराजले गीत रेकर्ड गराएका छन्। गीत रेकर्डसँगै विनोदले यो अवसर आफ्नो करियरको लागि निकै ठुलो भएको प्रतिक्रिया दिएका छन्। भ्वाइसको टप ८ मा पुगेका उनी विजेताको दावेदारको रुपमा रहेका छन्।नेपाली गायन क्षेत्रमा मिलन नेवार र राजनराज शिवाकोटीले आफ्नो विशिष्ट स्थान बनाएका छन्। मिलन र राजनको सहकार्यमा पछिल्लो समय सुपरहिट गीत सृजना भएका छन्। फुलबुट्टे सारीको सफलतापछि मिलन नेवारको करियरको दोश्रो आयाम सुपरहिट बनेको छ। राजनराज शिवाकोटीले नेपाली गीतसंगीत क्षेत्रमा दर्जनौ सुपरहिट गीत दिएका छन्। १० करोड माथिका कोसेढुंगा उनले पार गरेका छन्। राजन र मिलन सहकार्यमा एक नयाँ गायक मिसिएका छन्। भ्वाइस अफ नेपालको नयाँ सिजनमा विजेताको रुपमा हेरिएका छन् इलामेली गायक, विनोद राई।

फुलबुट्टे सारी  १० करोड भ्युज सेलिब्रेसन

गायिका मिलनको स्वरमा आएको फुलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको बोलको गीतले युट्युबमा १० करोड भ्युज पाएको छ । जसले उनको गायिकी उचाइलाई थप बलियो बनाइरहेका बेला उनले सो घोषणा गरेकी हुन् । २०६६ सालमा मार्मिक लामाले गाएको ‘फुलबुट्टे सारी’ तीन वर्षअघि गायिका मिलन नेवारले गाएकी थिइन् । गीतकार र सङ्गीतकार राजनराज सिवाकोटीको यो गीत १२ वर्षपछि चर्चामा आउन सुरु भएको थियो । यसरी गीतले चर्चा पाउनुको कारण दर्शक र श्रोताले हृदयदेखि नै मन पराइदिनु रहेको गायिका मिलन बताउँछिन् ।

झन्डै मृत्युतुल्य अवस्थामा पुगेको यो गीत २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि एकाएक लोकप्रिय मात्र भएन त्यही लोकप्रियताको कारण विभिन्न भर्सनमा समेत निकालियो । गीतमा शब्द, साङ्गीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । रोमान्टिक भावधाराको यो गीतमा एउटा प्रेमीले आफ्नै प्रियसीको बारेमा मिठा कल्पना गरेको सुन्न पाइन्छ ।

नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण–प्रतिकोणबाट व्याख्या गरिएको छ । गायिका मिलन नेवारको स्वरमा पुनर्जिवित भएको यो गीतले तीन वर्षमा युट्यवमा १० करोड भ्युज कमायो । गायिका नेवार र गीतकार एवं सङ्गीतकार सिवाकोटी लगायत टिमले आइतबार केक काटेर खुसीयाली मनाए ।

काठमाडौँको प्रिज्मा रेकर्डिङ स्टुडियोमा खुसीयाली मनाउँदै गायिका मिलन नेवारले आफूले यो गीत गाउन पाउनु पुनर्जन्म पाए जतिकै भएको बताइन् । यो गीतको सफलतासँगै आफ्नो गायन यात्रा सफल भएको भन्दै उनले गीतकार एवं सङ्गीतकार सिवाकोटीले दिएको उक्त अवसरको मुक्तकण्ठले प्रशंसा गरिन् । सिवाकोटीले पनि यो गीतले अपेक्षाकृत सफलता पाएको भन्दै खुसी व्यक्त गरे । उनले यो गीत हिट बन्नुमा मिलन नेवार लगायत टिमकोको मेहनत र श्रोता दर्शकको मायाको  ठूलो हात रहेको भन्दै प्रशंसा गरे ।

खुसीयाली साटासाट कार्यक्रममा उक्त गीतका म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले देशको जनसङ्ख्या भन्दा ५ गुणा भ्युज आउनु निक्कै खुसीको विषय भएको बताए । उनै गायिका मिलनले नवगायक विनोद राईलाई अवसर दिएर साङ्गीतिक क्षेत्रमा एउटा इँटा थप्ने काम गरेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९