कोच मिलनले पूरा गरिन् वाचा, राजनको संगीतमा विनोदसँग गरिन् गीत रेकर्ड

काठमाडौँ। द भ्वाइस अफ नेपालको कोचसमेत रहेकी गायिका मिलन नेवारले द भ्वाइसको टप आठमा पुगेका विनोद राई र आफ्नो स्वरमा रहेको गीत ल्याउन लागेको जानकारी दिएकी छन् ।  द भ्वाइसको कार्यक्रमै आफ्नो टिममा रहेका विनोद राईलाई ब्लाइन्ड अडिसनमा आफूसँग गीत गाउने अवसर दिने भन्दै गायिका मिलनले प्रतिस्पर्धी विनोदलाई आफ्नो टिममा ल्याएकी थिइन् । द भ्वाइसकै अडिसनमा विनोदसँग गीत गाउने वाचा गरेकी उनले अब सो वाचा पूरा गर्न ‘चञ्चल बिजुली आँखा’ बोलको गीत रेकर्ड गरेकाे जानकारी दिएकी हुन् ।ब्लाइण्ड अडिसनबाट नै आफ्नो अब्बल प्रस्तुति विनाेदले दिइरहेका छन्। ब्लाइण्ड अडिसनमा उनले ‘छालहरु ओ छालहरु’ गीत गाएका थिए। चारजना नै कोचको कुर्सी घुमाउन सफल विनोदलाई आफ्नो टिममा लिन कोचले हानथाप गरेका थिए। आफ्नो टिममा लिन कोच मिलनले राजनराज शिवाकोटीको संगीतमा आफ्नो र विनोद राईको आवाजमा गीत रेकर्ड गराउने बाचा गरेकी थिइन्। सोहि वाचासँगै विनोद मिलनको टिममा आएका थिए। कोच मिलनले उक्त वाचा पुरा गर्दै विनोदसँग गीत रेकर्ड गराएकी छिन्। प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा मिलन र विनोदको आवाजमा राजनराजले गीत रेकर्ड गराएका छन्। गीत रेकर्डसँगै विनोदले यो अवसर आफ्नो करियरको लागि निकै ठुलो भएको प्रतिक्रिया दिएका छन्। भ्वाइसको टप ८ मा पुगेका उनी विजेताको दावेदारको रुपमा रहेका छन्।नेपाली गायन क्षेत्रमा मिलन नेवार र राजनराज शिवाकोटीले आफ्नो विशिष्ट स्थान बनाएका छन्। मिलन र राजनको सहकार्यमा पछिल्लो समय सुपरहिट गीत सृजना भएका छन्। फुलबुट्टे सारीको सफलतापछि मिलन नेवारको करियरको दोश्रो आयाम सुपरहिट बनेको छ। राजनराज शिवाकोटीले नेपाली गीतसंगीत क्षेत्रमा दर्जनौ सुपरहिट गीत दिएका छन्। १० करोड माथिका कोसेढुंगा उनले पार गरेका छन्। राजन र मिलन सहकार्यमा एक नयाँ गायक मिसिएका छन्। भ्वाइस अफ नेपालको नयाँ सिजनमा विजेताको रुपमा हेरिएका छन् इलामेली गायक, विनोद राई।

फुलबुट्टे सारी  १० करोड भ्युज सेलिब्रेसन

गायिका मिलनको स्वरमा आएको फुलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको बोलको गीतले युट्युबमा १० करोड भ्युज पाएको छ । जसले उनको गायिकी उचाइलाई थप बलियो बनाइरहेका बेला उनले सो घोषणा गरेकी हुन् । २०६६ सालमा मार्मिक लामाले गाएको ‘फुलबुट्टे सारी’ तीन वर्षअघि गायिका मिलन नेवारले गाएकी थिइन् । गीतकार र सङ्गीतकार राजनराज सिवाकोटीको यो गीत १२ वर्षपछि चर्चामा आउन सुरु भएको थियो । यसरी गीतले चर्चा पाउनुको कारण दर्शक र श्रोताले हृदयदेखि नै मन पराइदिनु रहेको गायिका मिलन बताउँछिन् ।

झन्डै मृत्युतुल्य अवस्थामा पुगेको यो गीत २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि एकाएक लोकप्रिय मात्र भएन त्यही लोकप्रियताको कारण विभिन्न भर्सनमा समेत निकालियो । गीतमा शब्द, साङ्गीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । रोमान्टिक भावधाराको यो गीतमा एउटा प्रेमीले आफ्नै प्रियसीको बारेमा मिठा कल्पना गरेको सुन्न पाइन्छ ।

नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण–प्रतिकोणबाट व्याख्या गरिएको छ । गायिका मिलन नेवारको स्वरमा पुनर्जिवित भएको यो गीतले तीन वर्षमा युट्यवमा १० करोड भ्युज कमायो । गायिका नेवार र गीतकार एवं सङ्गीतकार सिवाकोटी लगायत टिमले आइतबार केक काटेर खुसीयाली मनाए ।

काठमाडौँको प्रिज्मा रेकर्डिङ स्टुडियोमा खुसीयाली मनाउँदै गायिका मिलन नेवारले आफूले यो गीत गाउन पाउनु पुनर्जन्म पाए जतिकै भएको बताइन् । यो गीतको सफलतासँगै आफ्नो गायन यात्रा सफल भएको भन्दै उनले गीतकार एवं सङ्गीतकार सिवाकोटीले दिएको उक्त अवसरको मुक्तकण्ठले प्रशंसा गरिन् । सिवाकोटीले पनि यो गीतले अपेक्षाकृत सफलता पाएको भन्दै खुसी व्यक्त गरे । उनले यो गीत हिट बन्नुमा मिलन नेवार लगायत टिमकोको मेहनत र श्रोता दर्शकको मायाको  ठूलो हात रहेको भन्दै प्रशंसा गरे ।

खुसीयाली साटासाट कार्यक्रममा उक्त गीतका म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले देशको जनसङ्ख्या भन्दा ५ गुणा भ्युज आउनु निक्कै खुसीको विषय भएको बताए । उनै गायिका मिलनले नवगायक विनोद राईलाई अवसर दिएर साङ्गीतिक क्षेत्रमा एउटा इँटा थप्ने काम गरेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।   मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९