कैलाली – सहयोगी बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ बेलुवा द्धारा आयाेजित घैटाफाेड कार्यक्रम सम्पन्न भएको छ । साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम चाैधरिले सहयोगी बेलुवा युवा कल्बले पछिल्लो समयमा वडा नम्बर ५ मा राम्रो कार्य गरिरहेकाे कुरा बताउदै वडा बाट हुन सक्ने सहयोगका लागि सधैं तयार रहेको कुरा बताउनु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरिले सभ्य समाज निर्माणका लागि संस्कृति जाेगाउन आवश्यक रहेको कुराकाे उद्धघाेष गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिकाे आसनबाट बाेल्दै शिक्षक एवम् समाजसेवी शालिमान बाेहराले सभ्य मानव भएर बाच्न आफ्ना रितिरिवाज र संस्कृति काे पालना गर्न जरुरी रहेको कुरा बताउनु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै बाेहराले युवा परिवर्तनकाे सम्बाहक रहेकाे कुरामा जाेड दिदै यस्तै क्रियाकलाप हरुले युवाहरुलाइ गलत कार्य गर्न बाट राेक्नमा सहयोगि हुने कुरामा जाेड दिनु भएको थियाे ।
कार्यक्रममा नर बहादुर कार्कि , बल बहादुर रावल लगायतकाले शुभकामना मन्तव्य व्यत्त गर्दै कृष्ण भगवान संगै कृष्णजन्माष्टमिकाे महिमाकाे बारेमा प्रकाश पारेका थिए।
घैंटोफाेड कार्यक्रम अन्तरगतनै भएको महिला हरुका लागि सञ्चालित म्युजिकल चेयरमा प्रथम हुदै जलसरि थापाले पुरस्कार स्वरुप एक हजार पचपन्न प्राप्त गर्नु भयाे ।कार्यक्रम क्लबका अध्यक्ष महेश रावलकाे अध्यक्षतामा भएको हाे ।

























































































































































































