बौनियाँ,कैलाली – बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ । आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउँपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि प्राप्त निबेदन माथि छान बिन गरि अपाङ्गताकाे स्तर अनुसारकाे परिचयपत्र दिने निर्णय गरेको महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले बताउनुभएको छ । साे अवसरमा बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो । साे बैठकमा अपाङ्गता परिचयपत्र मागका लागि निबेदन दिएका व्यक्तिहरु स्वयम उपस्थिति भएका थिए ।
बर्दगाेरिया गाउँपालिका स्तरिय अपाङ्गता समन्वय समितिमा बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी संयाेजक रहने गरि प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्कि, स्वास्थ्य शाखा प्रमुख निर्प बहादुर बिष्ट , धाैलि देवि बि.क, सागर बम, शेर बहादुर ओली, नेहा कुमारी चाैधरी र करिश्मा चाैधरी लगाएत ८ सदस्यीय समिति रहेको छ ।
साे अबसरमा हामीलाई महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले दिएकाे जानकारी अनुसार गाउँपालिका स्तरिय अपाङ्गता समन्वय समितिले गाउँपालिकालाई सिफारिस गरे अनुरुप व्यक्तिलाई अवस्था हेरेर पुर्ण अशक्त अपाङ्गता भएकोले राताे रंगको परिचयपत्र पाउँदा, अति अशक्त अपाङ्गता भएकोले निलाे रंगको परिचयपत्र पाउँदा, मध्यम अशक्त अपाङ्गता भएकोले पहेंलो रंगको परिचयपत्र पाउँदा सामान्य अपाङ्गता भएकाले सेताे रंगको परिचय-पत्र पाउने छन् ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                



































                    
                    
                    
                    
                    




























































































































