महेश बस्नेतविरुद्धको मुद्धा तामेलीमा जानुका कारण के के छन् ?

काठमाडौँ । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्धा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो ।

 

 

पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्धा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँकाले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेका थिए । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो ।

 

 

 

पाठकले जाहेरीमा आफु र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा वैवाहिक  सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वेइच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन । मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ ।

 

 

 

साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ ।

 

 

 

साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्धा नचलाउने निश्कर्षमा पुगेको हो ।

 

 

 

प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

 

 

 

त्यसै गरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०७ गते १५ः५०) काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९ गते) पोखरादेखी काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणीत गरेको छ ।

 

 

 

साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९) गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।

 

 

 

युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो ।

 

 

पाठकले तीन जनासँग औपचारिक रुपमा विवाह गरेकी हुन् । तीन जनासँग विवाह गरे पनि उनले पहिलो पति मरेको  हो भने दोर्शो संग  सम्बन्ध विच्छेद समेत गरेकी छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिएकी छिन् भने २०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा भने २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ ।

 

 

 

 

स्नेतलाई फसाउने रणनीति लिएकी पाठकले २०८० फागुन ८ गते विहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको स्रोतले जानकारी दिएको छ । सोही दिन आफु नाइट ड्रेसमा रहेको समयमा दुई जना युवा आएर आफ्नो मोवाइल खोसेर लगेको भनि पाठकले झुटा प्रचारवाजी गरेकी थिइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९