डियाज र सलाहको गोलमा लिभरपुल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।यो जितपछि लिभरपुलको २ खेलमा ६ अंक भएको छ र  ब्रेन्टफोर्डको भने २ खेलमा ३ अंक रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१