चिसोले मधेशका जनजीवन प्रभावित

यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ । चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ ।

 

पराले झुप्राका गुजुमुज्ज बस्तीमा स–साना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घूर’ ९कसिङ्गर जम्मा पारेर बालिएको आगो० बनेको छ । न ओढ्ने, ओछ्याउने न आङ ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने पचपची धुँवाको मुस्लोभित्रको ‘घूर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिन्छ । “यो मुटु कमाउने जाडोमा न बनीबुतो गर्न निस्कन सकिन्छ, न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा ९मुसहर० भन्नुहुन्छ, “ चुनाव सकियो, अब कोही हाम्रो अवस्था हेर्न आउने छैनन् ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरूका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउनुहुन्छ । महोत्तरीको मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ ।

 

मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि चाँडै जाडोको कहर बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिर निगल्दोसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि एकाबिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि चाँडै जाडोले करामत देखाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउनुहुन्छ । एक्कासी बदलिएको मौसमले ब्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् ।

 

अहिले नै यस्तो बिजोग भएपछि अब माघसम्म कस्तो होला रु भन्ने सोचेर नै यहाँका बूढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । “खै उमेरले भर्खर ६० नाघियो, मङ्सिरदेखि नै यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवले भन्नुभयो, “खै बितेका दुई वर्षको कोरोना ९कोभिड–१९० कहरले चाँडै जाडो बढाएको त हैन रु” पोहोर र परारको कोरोना कहर सम्झँदै उहाँले लख काट्नुभयो । बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो ता नि।।१ हुनेखाने जाडोबाट बच्ने सरजाम ९बन्दोबस्त० घरमै जुटाउलान् , हामी बनी ९मजदुरी० गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो । चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । “बढ्दो चिसोले ग्रमीण बस्तीमा बिरामी हुने क्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भन्नुभयो ।

 

यसैबीच जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार–सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरी ९सामाजिक संस्था०का अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।” गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

 

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । “हामीले जिल्लाका १५ वटै स्थानीय तहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ”, जिससका प्रमुख सुमनकुमार लाल कर्ण भन्नुहुन्छ, “समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर,  टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम,  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ, यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।     वैशाख १० गतेसम्म भर्ना अभियान...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९