Baigyanik Media

Advertisement

Skip Ad

किसानहरुलाई घरमै सेवा दिने उदेश्यका साथ कृषि ज्ञान केन्द्र बौनियाँमा उद्घाटन

बौनिया(कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिकामा कृषि ज्ञान केन्द्रको उद्घाटन गरिएको छ।

 

शुक्रबार एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीले केन्द्रको उद्घाटन गर्नुभयो।

 

प्रदेश सरकार मातहत रहने केन्द्रबाट कृषि तथा पशुपालनको लागि आवश्यक प्राविधिक ज्ञान, तालिम र सुचना प्रसार लगायतका सेवा प्रवाह गरिने जनाइएको छ।

 

केन्द्रको उद्घाटन गर्दै मन्त्री चौधरीले स्थानीय तहमा रहेका किसानहरुलाई घरमै सेवा दिने उदेश्यका साथ केन्द्र संचालनमा ल्याईएको बताउनुभयो। उहाँले प्रदेशको राजधानी धनगढीदेखि टाढाको दुरीमा रहेका किसानहरूलाई सहज रुपले सेवादिने, कृषि पेशामा आकर्षक बढाउने र रोजगारी सृजना गर्ने उदेश्यका साथ सेवा विस्तार गरिएको बताउनुभयो। उहाँले किसानका समस्या समाधान गर्न स्थापित केन्द्रलाई कृषक मैत्री बनाउन सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

 

मन्त्री चौधरीले स्थानीय तहमा बजेटको कार्यान्वय र सङ्घीयता कार्यान्वयनमा टेवा पुर्याउन र सेवाका लागि प्रदेशको राजधानी धनगढीनै पुग्नुपर्ने वाध्यतालाई मध्यनजर गरि सेवा विस्तार गरिएको बताउनुभयो। चौधरीले कृषिमा उच्च प्रविधिको प्रयोग बढाउन सरकार प्रयत्नरत रहेको समेत बताउनुभयो।

 

कार्यक्रममा कृषि राज्यमन्त्री मानबहादुर सुनारले दुरदराजमा रहेका किसानको पिडालाई ध्यानमाराखी सेवाकेन्द्रका रूपमा यसको विस्तार गरिएको बताउनुभयो। उहाँले संघीयताको मर्म अनुरुपको सेवा प्रदान गर्न र सुदुरकै बढी जनघन्त्व भएको बर्दगोरिया क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गर्नुभयो। उहाँले सीमित स्रोत र साधनबाट उच्चतम फाइदा लिन कृषिको व्यवसायीकरणका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो।

 

उहाँले आफ्नै देशमा केही गरौँ र अरुलाई पनि सकेको रोजगारी सिर्जना गरौ भनी कृषिमा अग्रसरहरुलाई सरकारले नै कृषि सम्बन्धि विविध कार्यक्रम ल्याएको भन्दै सेवालिन आग्रह गर्नुभयो।

 

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यहाँका कुनाकन्दरामा रहेका किसानलाई समान रुपमा सेवा दिन प्रत्याभूत दिलाउन सक्नुपर्नेमा जोड दिए। उनीहरूले ज्ञान केन्द्र कृषि क्षेत्रको विविधतालाई समेट्न सक्नुपर्ने बताए।

 

सेवाविस्तार संगै बर्दगोरियासहितका ८ स्थानीय तहका किसानलाई कृषिसेवा लिनमा सहजता हुनेछ भने धनगढी पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। यसैगरी कृषि पेशामा लगाव, कृषक र उधमिको विकास र समृद्धिमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौँ, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा (बाँके),  नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा (बाँके),  नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९