काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम गरिएको छ । बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १६ र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४७ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रूपैयाँ १६ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रूपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।






























































































































































